• शनिबार २९, मङि्सर २०७५

ओली समूहको निशानामा झलनाथ खनाल: झलनाथलाई राष्ट्रपति बन्न नदिन गरियो यस्तोसम्म षड्यन्त्र….

काठमाण्डौ ।

नेकपा एमालेमा राष्ट्रपति कसलाई बनाउने भन्नेमा सहमति हुन सकेको छैन । माओवादीसँगको पद बाँडफाँटमा राष्ट्रपति एमालेको भागमा परेको छ । तर कसलाई बनाउने भन्नेमा सहमति हुन नसकेको हो ।

एमाले अध्यक्ष केपी ओली पक्षले हालकै राष्ट्रपति विद्यादेवी भण्डारीलाई दोहोर्याउनुपर्नेमा जोड दिएको छ भने पूर्व अध्यक्ष झलनाथ खनाल आफैँ राष्ट्रपति बन्न चाहेका छन् ।

अर्का पूर्व अध्यक्ष माधवकुमार नेपालले पनि खनाललाई बनाउन पाए हुन्थ्यो भन्ने आशय व्यक्त गरेको छ । तर ओली पक्षले खनाललाई राष्ट्रपति बन्नबाट रोक्नका लागि नयाँ मापदण्डको कुरा अघि सारेको छ ।

एमालेका उपमहासचिव विष्णु पौडेलले प्रधानमन्त्री बनिसकेको व्यक्ति राष्ट्रपति बन्न उचित नहुने तर्क अघि सारेका छन् । “कार्यकारी प्रमुख भइसकेका व्यक्तिले राष्ट्रपति बन्न मिल्दैन, हुँदैन । प्रधानमन्त्री भइसकेका व्यक्तिहरुले राष्ट्रपति बन्ने चाहना राख्नु उचित हुँदैन ।” पौडेलले भने । कार्यकारी प्रधानमन्त्री भइसकको व्यक्ति राष्ट्रपति बन्दा संवैधानिक दायरामा नबस्ने सम्भावना बढि हुने पौडेलको तर्क छ ।

Loading...
Related Posts
Don't miss it
Editors choice