• बिहीबार १३, बैशाख २०७५

माओवादीले छान्‍यो मन्त्री, गृहमा जनार्दन शर्मा, अरु काे-काे मन्त्री ?

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले सरकारमा जाने मन्त्रीहरुको नाम टुंगो लगाएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल, नेता नारायणकाजी श्रेष्ठ र रामबहादुर थापाले मन्त्रीहरुको नाम टुंगो लगाएका हुन् । विहीबार बसेको केन्द्रीय कार्यालयको बैठकले मन्त्रीको नाम छान्ने जिम्मा तीन नेतालाई दिएको थियो । शुक्रबार बसेको तीन सदस्यीय बैठकले पार्टीको भागमा परेका सातै जनाको नाम टुंग्याएको हो ।

औपचारिक रुपमा सार्वजनिक नगरिएपनि नेता थापाकै नेतृत्वमा माके सरकारमा जाने पक्का भएको छ । थापासहित बर्षमान पुन, गिरिराजमणी पोखरेल, शक्तिबहादुर बस्नेत, मात्रिका यादव, बिना मगर र अमनलाल मोदीलाई मन्त्री बनाउने निर्णय माकेले गरेको छ ।

सातै प्रदेशको सन्तुलन मिलाएर मन्त्रीको नाम टुंग्याएको स्रोतले बतायो । उनीहरुको मन्त्रालयको भने टुंगो लागेको छैन । पार्टीको तर्फबाट थापाले नेतृत्व गरेपनि गृहमन्त्री भने पुन हुने बताइन्छ । उनले अाफूले गृह नपाए सरकारमै नजाने बताउँदै अाएका थिए । नेता जनार्दन शर्मा र अग्निप्रसाद सापकोटा पनि मन्त्रीको लिष्टमा भएको बताइएपनि अन्तिममा आएर उनीहरुको नाम काटिएको बताइएको छ ।

शर्मा यसअघिको देउवा सरकारमा गृहमन्त्री भएका थिए भने सापकोटा पटक पटक मन्त्री भएका व्यक्ति हुन् । उनी माओवादीमा सबै भन्दा मन्त्री हुनेमा पर्छन् । उनीहरुलाई प्रचण्डले अालोपालो सरकारको बेला अाफू प्रधानमन्त्री भएको बेला मन्त्री बनाउने अाश्वासन दिएको बताइएको छ ।

Loading...
Related Posts
Don't miss it
Editors choice