• बुधबार ३१, असोज २०७५

एक्काशी ; एमाले नेताहरू किन पुगे माओवादी हेडक्वार्टर पेरिसडाँडा ?

काठमाडौँ,

नेकपा (एमाले) र नेकपा (माओवादी) केन्द्रबीच पार्टी एकताको विषयमा अन्तिम चरणका छलफलहरु हुँदैछन् । पार्टी एकतालाई निष्कर्षमा पुर्‍याउन कार्यदलले काम सुरु गरेका छन् ।

सांगठनिक तथा अन्तरिम विधान निर्माणका लागि गठन भएको कार्यदलको बैठक शनिबार बस्दै छ । शनिबार पेरिसडाँडास्थित माओवादी केन्द्रको केन्द्रीय कार्यालयमा दिउसो १ बजे बैठक बस्ने तय भएको थियो ।

कार्यदलमा एमालेबाट महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, सचिव गोकर्ण विष्ट, नेताहरु सुरेन्द्रप्रसाद पाण्डे, वेदुराम भुसाल र रघुवीर महासेठ सदस्य छन् भने माओवादी केन्द्रबाट नेता रामबहादुर थापा ‘बादल’, बर्षमान पुन, गिरिराजमणि पोखरेल, मातृका यादव र जनार्दन शर्मा सदस्य छन् ।

Loading...
Related Posts
Don't miss it
Editors choice