• बुधबार ०३, असोज २०७५

शिक्षा क्षेत्रमा पर्वतलाई नमूना जिल्ला बनाउन सबैसँग सहकार्य गर्छु – सांसद गिरी

पर्वत :

युवा नेता तथा पर्वत जिल्ला प्रतिनिधी सभाका सांसद पदम गिरीले शिक्षा क्षेत्रको विकास विना जिल्लाको विकास असंभव भएकाले शिक्षाको विकासका लागि पहिलो प्राथमिकता दिएर काम गर्ने बताउनुभएको छ ।

पर्वतको कुस्मा नगरपालिका ३ दुर्लुङमा रहेको पाथफाईन्डर बोडिङ स्कुलको आठौं वार्षिकोत्सव तथा अभिभावक भेलाको उद्घाटन गर्दै गिरीले शिक्षाको विकास गर्नका लागि स्थानीय तहदेखि केन्द्रसम्म अाँफुले सक्दो प्रयाश गरेर अगाडी बढ्ने बताउनुभयो ।

शिक्षा क्षेत्र विकासको मेरुदण्ड भएकाले आफ्नो पहिलो प्राथमिकता रहने बताउँदै गिरीले जिल्लालाई नमूना बनाउने काममा आफ्नो ध्यान केन्द्रित हुने धारणा राख्नुभयो ।

उहाँले आगामी ५ वर्षमा पर्वत जिल्लामा देखिने गरि विकास निर्माणका कामलाई द्रुतता दिने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । उहाँले जिल्लाका उत्तर दक्षिण जोड्ने सडकको कालोपत्रेदेखि, कृषि, पर्यटन, खानेपानी तथा सिंचाईको क्षेत्रमा उल्लेख्य विकास गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले जिल्लाको विकास र रोजगारीका क्षेत्रमा समेत आँँफूले अन्य तहहरुसँग समन्वय गरेर अगाडी बढ्ने बताउनुभयो ।

Loading...
Related Posts
Don't miss it
Editors choice