• शनिबार २९, मङि्सर २०७५

दृष्टिविहिन विद्यार्थीलाई कम्युटर हस्तान्तरण

पर्वत । जिल्लाको कुश्मा स्थित शिवालय माध्यमिक विद्यालयमा अध्ययनरत दृष्टिविहिन विद्यार्थीहरुका लागि कम्युटर हस्तान्तरण गरिएको छ ।

नविल फाउण्डेशनले विद्यालयका दृष्टिविहिन विद्यार्थीलाई अध्ययनमा सहज होस भन्ने उद्देश्यले २ थान कम्युटर हस्तान्तरण गरेको हो ।

उक्त कार्यक्रम एक कार्यक्रमका वीच प्रतिनिधि सभा सदस्य पदम गिरीले हस्तान्तरण गरे ।

कम्युटर हस्तान्तरण गर्दै सांसद गिरीले फरक क्षमताका विद्यार्थीहरुमा अद्भूत क्षमता हुने भएकाले उनीहरुको क्षमताको पहिचान गरी क्षमता विकासमा सवैको सहयोग हुनुपर्ने धारणा राखे ।

दृष्टिबिहिन सहयोग केन्द्रका राजेन्द्र दुलाल क्षेत्रीको अध्यक्षता र बागलुङ दृष्टिविहिन संघका अध्यक्षको स्वागतमा कुमार पुनमा सम्पन्न कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक राजेन्द्र पहाडीले गरेका थिए ।

कार्यक्रममा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष इश्वर गिरीले मन्तब्य ब्यक्त गरेका थिए भने विद्यालयका प्रअ भुपेन्द्र चापागाईले धन्यवाद मन्तब्य ब्यक्त गरेका थिए ।

Loading...
Related Posts
Don't miss it
Editors choice