• शनिबार ०५, साउन २०७५

युवा सांसद गिरीलाई कार्यक्रममा जान भ्याई नभ्याई, एकै दिन ३ कार्यक्रममा प्रमुख अतिथि

पर्वत । प्रतिनिधि सभा सदस्य पदम गिरी एकै दिन तीन औपचारिक कार्यक्रमका प्रमुख अतिथि बनेका छन ।

जिल्लाको कुश्मा नगरपालिकामा आयोजना भएका ३ वटा औपचारिक कार्यक्रममा गिरी प्रमुख अतिथि बनेका हुन ।

जनप्रतिनिधिको रुपमा सांसद पदमा निर्वाचित भएपछि ब्यस्त सेडूयलमा रहेका गिरीले विहिबार विहान शिवालय माध्यमिक विद्यालयमा आयोजीत दृष्टिविहिन सहयोग कार्यक्रममा सहभागी भए ।

दृष्टिविहिन विद्यार्थीलाई कम्युटर हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथि बनेका गिरी लगतै कुश्मा ३ दुर्लुङ स्थित एक नीजि विद्यालयको बार्षिकोत्सवमा प्रमुख अतिथि बन्न पुगे ।

दुर्लुङमा रहेको पाथफाइन्डर बोडिङ स्कूलको ८ औ बार्षिकोत्सवमा सहभागी भएका उनले आज नै कुश्मामा आयोजना भएको ५ दिने एक मेलाको उद्घाटन गरे ।

दिउँसो कुश्मा बजारमा पुन युवा क्लबले आयोजना गरेको बृहत सांस्कृति तथा खेलकुद मेलाको गिरीले उद्घाटन गरेका हुन । उक्त मेलामा १ लाख राशीको भलिबल प्रतियोगीता देखि प्रत्येक दिन मनोरञ्जनका लागि राष्ट्रिय कलाकाहरुको सहभागीता रहन्छ ।

Loading...
Related Posts
Don't miss it
Editors choice