• शनिबार २९, मङि्सर २०७५

मन्त्रालय भागबन्डामा कुरा मिल्यो, कसलाई कुन मन्त्रालय ?(सूचीसहित)

काठमाण्डु,  नेकपा माओवादी केन्द्र नेकपा एमालेबीच मन्त्रालयको भागबन्डा मिलेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल निकट स्रोतका अनुसार माओवादी केन्द्रको भागमा गृहसहित ७ वटा मन्त्रालय भाग लागेको छ । त्यस्तै एमालेका भागमा ११ वटा मन्त्रालय परेको छ ।

माओवादी केन्द्रको भागमा गृह, उर्जा जलविद्युत तथा नविकरणीय, शहरी विकास, आवास खानेपानी तथा सरसफाइ, वन वातावरण जलवायु परिवर्तन, श्रम रोजगार तथा महिला बालबालिका जेष्ठ नागरिक, कृषी, सिँचाइ खाद्य सुरक्षा सहकारी तथा भूमिसुधार र उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालय भागमा परेको छ ।

एमालेको भागमा अर्थ तथा योजना, रक्षा, भौतिक पूर्वाधार यातायात, सूचना सञ्चार तथा विज्ञान प्रविधि मन्त्रालय, शिक्षा खेलकुद तथा संस्कृती, स्वास्थ्य तथा जनसंख्या, संघीय मामिला तथा सामान्य प्रशासन, कानुन तथा न्याय संसदीय मामिला, परराष्ट्र मन्त्रालय र पर्यटन मन्त्रालय परेको छ ।

माओवादी नेतृत्वले गृह र अर्थ एमालेले दिने सहमति गरेपछि माओवादीमा चर्को विरोध भएको थियो । दोस्रो पुस्ताका नेताहरुले गृह कुनै पनि हालतमा एमालेलाई नदिन दबाब दिएपछि गृहमन्त्रालय माओवादी केन्द्रको भागमा परेको हो ।

यसरी भयो सत्तारुढ दुई दलबीच मन्त्रालय विभाजन :
एमाले :
१ अर्थ तथा योजना मन्त्रालय
२ रक्षा मन्त्रालय
३ भौतिक पुर्वाधार यातायात मन्त्रालय
४ सूचना संचार तथा विज्ञान प्रविधि मन्त्रालय
५ शिक्षा खेलकुद तथा संस्कृति मन्त्रालय
६ स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
७ संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
८ कानुन तथा न्याय संसदीय मामिला मन्त्रालय
९ परराष्ट्र मन्त्रालय
१० पर्यटन मन्त्रालय
माओवादी :
१ गृह मन्त्रालय
२ उर्जा जलविद्युत तथा नविकरणीय मन्त्रालय
३ शहरी विकास,आवास खानेपानी तथा सरसफाइ मन्त्रालय
४ वन वातावरण जलवायु परिवर्तन मन्त्रालय
५ श्रम रोजगार तथा महिला बालवालिका जेष्ठ नागरिक मन्त्रालय
६ कृषि, सिचाई खाद्य सुरक्षा सहकारी तथा भुमिसुधार,
७ उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय

Loading...
Related Posts
Don't miss it
Editors choice