• बिहीबार १३, बैशाख २०७५

यस्तो बन्ने भयो ओली सरकारको संरचना

एमाले र माओवादी केन्द्रबीच केन्द्रीय सरकारमा बढीमा १९ मन्त्रालय राख्ने सहमति भएको छ ।

संविधानले मन्त्रिपरिषद २५ सदस्यीयभन्दा बढी बनाउन नपाउने बाध्यात्मक व्यवस्था गरेको छ । प्रशासन सुधार आयोगले यसअघि तयार पारेको प्रतिवेदनमा १५ मन्त्रालय प्रस्ताव गरिएको छ । तर, मन्त्री हुने आकांक्षीको संख्या बढी भएको र १५ मन्त्रालयबाट मात्र छिटोछरितो र प्रभावकारी जनसेवा प्रदान गर्न कठिनाई हुने भन्दै एमाले–माओवादी १९ मन्त्रालय बनाउने निस्कर्षमा पुगेका हुन् ।

एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बुधबार भएको भेटमा १९ मन्त्रालय बनाउने सहमति भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । तर, मन्त्रीका आकांक्षी व्यवस्थापन गर्न नसक्दा मन्त्रिपरिषद विस्तारमा ढिलाई भएको छ ।

यसैबीच राजधानीमा बुधबार आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले बिहीबार वा शुक्रबारसम्ममा मन्त्रिपरिषदले पूर्णता पाइसक्ने बताए ।

Loading...
Related Posts
Don't miss it
Editors choice