• बुधबार ०४, पुष २०७५

ओली सरकारको मन्त्री परिषद् बिस्तार हुँदै, सम्भवत आजै साझ सपथ

काठमाडौं । नेकपा माओवादी केन्द्रबाट मातृका यादव मन्त्री हुने पक्का भएकाे छ ।

उच्च स्राेतका अनुसार अहिले कसकाे नेतृत्वमा सरकारमा जाने भन्ने छलफल चलिरहेको छ । यहि छलफलकाबीचमा मातृकालाई पठाउने सहमती जुटेको छ ।

वरिष्ठ नेता रामबहादुर थापा ‘बादल’ को नेतृत्वमा सरकारमा सहभागी हुने बारे पनि छलफल चल्दै अाएकाे छ । तर अाैपचारिक भैसकेकाे छैन् ।

नेकपा एमालेले अर्थ मन्त्रालय लिने र माओवादीलार्इ गृह मन्त्रालय दिने सहमति एमाले अध्यक्षद्वय ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भएको स्रोतको दावी छ । सम्भवतः अाज साँझसम्म माओवादी केन्द्रका तर्फबाट बादलसहित अर्का एक नेता मन्त्रीपरिषदमा सहभागी हुनेछन् ।

आफूले पद सम्हालेकै दिन एमाले र माओवादी दुवैतर्फका २–२ जना मन्त्री नियुक्त गरी मन्त्रीमण्डल गठन गर्ने ओलीको चाहना थियो । पार्टी एकता र राजकीय भूमिका तथा सरकारका समग्र विषयमा प्याकेजमै सहमति नभर्इ माओवादीले मन्त्रीको नाम नदिएपछि ओली ३ सदस्यीय मन्त्रीमण्डलमा सीमित रहे ।

माओवादी केन्द्रबाट मन्त्रीहरूका रूपमा वर्षमान पुन, जनार्दन शर्मा, टोपबहादुर रायमाझी, पम्फा भुसाल, अग्निप्रसाद सापकोटा लगायतको नाम चर्चामा छ ।

Loading...
Related Posts
Don't miss it
Editors choice