• शनिबार ०५, साउन २०७५

एमाले माओवादी एकतापछिको साँगठानिक संरचना : दुई अध्यक्ष, ११ सदस्यीय स्थायी कमिटी, ३३ सदस्यीय पोलिटब्युरो, ९९ सदस्यीय केन्द्रीय कमिटी

एमाले र माओवादी केन्द्रबीच एकता भइ गठन गरिएको नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कमिटीको आकार घटेको छ । दुईपार्टी एकतापछि ९९ सय सदस्यीय केन्द्रीय कमिटी रहने सहमति भएको छ ।

संगठनात्मक रुपमा ९९ सदस्यीय केन्द्रीय समिति, ३३ सदस्यीय पोलिटव्युरो र ११ सदस्यीय स्थायी समिति बनाउने सहमति भएको हो । एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्ड महाधिवेशनसम्म पार्टी अध्यक्षका रुपमा रहने सहमति पनि भएको छ ।

स्रोतका अनुसार अध्यक्ष ओलीले सरकारको नेतृत्वसँगै पहिलोबरियता र अध्यक्ष प्रचण्डले पार्टीको नेतृत्वसँगै दोस्रो बरियतामा रही काम गर्नेछन् । यो मोडालिटि नेपालमा पहिलो अभ्यास हो । जनता टाइम्स

Loading...
Related Posts
Don't miss it
Editors choice