• शनिबार ०८, बैशाख २०७५

पोर्नस्टार बताएर चर्चामा आएकी अर्चनाले अमेरिकी नागरिकसँग विवाह गरिन्…..!

काठमाडौं, ७ फागुन । केही वर्षअघि पोर्नस्टार बन्ने चाहेको बताएर चर्चामा आएकी अर्चना पनेरू विवाह बन्धनमा बाँधिएकी छन् । पोर्नस्टार बन्ने चाहेको अभिव्यत्ति दिएर चर्चामा आएसँगै केही चलचित्रमा समेत काम गरेकी अर्चनाले आफूले अमेरिकी नागरिकसँग विवाह गरेको बताएकी छन् ।

सामाजिक सञ्जालमार्फत आफू विवाह बन्धनमा बाँधिएको बताएकी उनले विवाहको तस्विर पनि सार्वजनिक गरेकी छन् । विवाहको पहिरनसहितको फोटो सार्वजनिक गर्दै फेसबुकमा उनले लेखेकी छन्, ‘गट म्यारिड, लक्की टु गट अ लाइफ पार्टनर लाइक यु ।’

आफूले अभिनय गरेको चलचित्र फ्लप भएसँगै डान्सबारमा काम गर्न थालेकी अर्चनाले आफूले विवाह गरेको दाबी गरे पनि कतिपयले चर्चामा आउन चालेको कदमको रुपमा बुझेका छन् ।

पोर्नस्टार बन्ने चाहने अर्चनालाई उनकी आमाले समेत साथ दिएकी थिइन् । पोर्नस्टार बन्ने भन्दै नग्न तस्विर सार्वजनिक गरेपछि विद्यालयबाट निष्कासन परेकी अर्चना आफ्नी आमासँगै बस्दै आएकी थिइन् ।

छोरीलाई पोर्नस्टार बन्ने उकासेको भन्दै अर्चनाका बुवाले आमासँग डिभोर्स गरेका थिए । कतिपयले अर्चनाको विवाहलाई उनको पोर्नस्टार बन्ने चाहनासँग जोडेर समेत हेरेका छन् ।
साभारःमीडियाएनपी

Loading...
Related Posts
Don't miss it
Editors choice