• बिहीबार ०३, साउन २०७५

प्रधानमन्त्री ओलीले गरे खेलाडीको सम्मान : नेपाली क्रिकेट टोलीलाई प्रोत्साहनस्वरुप प्रतिव्यक्ति ३ लाख दिने घोषणा

भर्खरै नामिबियामा सम्पन्न विश्व क्रिकेट लिग डिभिजन २ को शीर्ष दुर्इमा रहँदै विश्वकप छनोटमा स्थान बनाएर नेपाल फर्केको टोलीलाई प्रोत्साहनस्वरुप प्रतिव्यक्ति रु ३ लाख दिने घोषणा प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका छन् ।

प्रधानमन्त्री ओलीले आफ्नै निवास बालुवाटारमा आज दिउँसो साढे तीन बजे खेलाडी तथा अफिसियललार्इ बधाइ दिँदै सम्मान पनि गरेका छन् । सोही क्रममा उनले प्रशिक्षकसहित टोलीका सबैलाई सो रकम प्रदान गर्ने घोषणा गरेका हुन् ।

डिभिजन दुर्इका पाँच खेलमध्ये चार खेल जित्दै नेपालले फागुन २० बाट जिम्बावेमा सुरु हुने एकदिवसीय विश्वकप छनोटमा स्थान बनाएको थियो । त्यस्तै मदन भण्डारी स्पोर्ट्स एकेडेमीले पनि राष्ट्रिय टोलीका सदस्यलाई प्रतिव्यक्ति एकएक लाख रकम प्रदान गर्ने जनाएको छ।

Loading...
Related Posts
Don't miss it
Editors choice