• शनिबार ०५, साउन २०७५

यस्तो छ सरकारमा सहभागी हुने मन्त्रीको पहिलो सूची, ओली र प्रचण्डको रोजाइमा परे यी नामहरु :

काठमाडौं –

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् । जनसंख्या तथा वातावरण मन्त्रीमा लालबाबु पण्डित र महिला बालबालिका तथा समाजकल्याणमन्त्रीमा थममाया थापालाई नियुक्त गरिएको छ । शक्तिशाली र महत्वपूर्ण मानिएका मन्त्रालय खाली रहेकाले यी मन्त्रालयमा आफ्नो दावी पेश गर्दै एमाले र माओवादी केन्द्रका नेताहरुले दौडधुप तिब्र बनाएका छन् ।

एमाले र माओवादी केन्द्र दुबै दलमा आकांक्षीको संख्या धेरै रहेकाले मन्त्री छनोट गर्न सकस देखिएको छ । एमालेमा महासचिवदेखि केन्द्रिय सदस्यसम्मका नेताहरुले मन्त्री बन्ने आकांक्षा देखाएका छन् । एमालेबाट महासचिव इश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, सचिव प्रदिप ज्ञवाली, सचिव योगेश भट्टराई, सुरेन्द्र पाण्डे ओलीको सूचीमा परेका छन् ।

स्रोतका अनुसार ओली यसअघि आफू नेतृत्वको सरकारका पालामा अर्थमन्त्री बनेका विष्णु पौडेललाई नै दोहोर्याउने मनस्थितिमा छन् । पौडेल वाहेकमा सबैको चाहना पनि अर्थ, परराष्ट्र जस्ता महत्वपूर्ण मन्त्रालयमा रहेको पाईएको छ । यी मध्ये पोखरेल र ज्ञवाली ओली निकट हुन् उनीहरुलाई आकर्षक मन्त्रालय दिने तयारी भएपनि पाण्डेलाई अर्थ दिनसक्ने बुझिएको छ । पाण्डे माधब नेपाल समूहका प्रखर नेता हुन् । यस्तै माधब नेपाल समूहका भट्राईलाई सूचना तथा संचार मन्त्रालयको जिम्मा दिने संभावना बढि रहेको छ ।

यस्तै मन्त्री बन्नका लागि उपाध्यक्ष भिम रावल, उपमहासचिव घनश्याम भुषाल, सचिव गोकर्ण विष्ट लगायत पनि ओलीको सूचीमा रहेको बुझिएको छ यद्यपी यी तीनै जना ओली निकट नभएकाले कम संभावना देखिन्छ । यस्तै गरि कास्कीका रवीन्द्र अधिकारी, भक्तपुरका महेश बस्नेत, काभ्रेका गोकुल बास्कोटा, सिन्धुपाल्चोकका शेर बहादुर तामाङ, कास्कीका पूर्व मन्त्री खगराज अधिकारी, पर्वतका गणेश प्रसाद तिमिल्सीना पनि ओलीको पहिलो सूचीमा रहेका छन् । यी मध्ये रबिन्द्र अधिकारी बामदेब निकट भएकाले उनको संभावना बढि रहेको बुझिएको छ । अरु सबै ओलीका विश्वासपात्रहरु भएकाले संभावना बढि रहेको बताईन्छ ।

यता मन्त्रीमण्डलमा समावेशी गराउनका लागि महिलाबाट स्याङजाका पद्मा अर्याल पर्ने करिब निश्चित देखिएको छ । अन्य चर्चामा रहेका नेताहरुमा काठमाडौंका कृष्णगोपाल श्रेष्ठ, जीवनराम श्रेष्ठ, चितवनका कृष्णभक्त पोखरेल तनहुँका किशान श्रेष्ठ, नारदमुनी रानाको चर्चा रहेको छ ।

माओवादी केन्द्रमा दौडधुप

पार्टी एकताको निर्णय नभएसम्म सरकारमा सहभागी नहुने मनस्थितिमा रहेको माओवादी केन्द्रमा पनि मन्त्री बन्नका लागि भने दौडधुप सुरु भइसकेको छ । एक दुई दिनमा नै पार्टी एकताको निर्णय हुने सम्भावना देखिएपछि माओवादी नेताहरुले मन्त्री बन्नका लागि दौडधुप तिब्र बनाएका हुन् ।

माओवादी केन्द्रले कुन कुन मन्त्रालय पाउने भन्ने निश्चित नभए पनि मन्त्री बन्नका लागि नेताहरुले शीर्ष नेताहरुसंगको भेटघाट र छलफललाई तिब्र बनाएका छन् । माओवादीमा वर्षमान पुन, टोपबहादुर रायमाझी, देव गुरुङ, अग्नि सापकोटा, शक्ति बस्नेत, पम्फा भुषाल, देवेन्द्र पौडेल, चक्रपाणी खनाल, हितबहादुर तामाङ लगायतका नेताहरुको चर्चा छ । माओवादी केन्द्रले शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा मन्त्री बनेकाहरुलाई सकेसम्म नदोर्याउने तयारी गरेको छ ।

माओवादीमा मन्त्री छान्न ठुलै सकस९प्रदेश तर्फ०

नेकपा माओवादी केन्द्रभित्र केन्द्रदेखि प्रदेशसम्म मन्त्री बन्न होडवाजी चलेको छ । बिगतमा सरकारमा गएका नेताहरु नै पुन आफू मन्त्री बन्नै पर्ने अडानका साथ अघि बढेपछि मन्त्री छान्नै सकस परेको हो । स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा मन्त्री बन्न माओवादीभित्र निकै तल्लो तहका आक्षेपसमेत सुरु भएको छ ।

सोही बिवादका कारण माओवादी केन्द्रले फागुन ३ मा मनित्र छान्न नसकी एकतापछि मात्रै सरकारमा जाने निर्णय लिनुपरेको स्रोतको भनाई छ । पहिलो चरण अन्तर्गत क–कसलाई मन्त्री बनाउने, पहिलो चरण अन्तर्गत को–को सहभागी हुने भन्ने टुङ्गो लगाउन नसक्दा सरकारमा सहभागिता जनाउन ढिलाइ भएको हो, तल्लो तहमा उत्रिएर नेता बाझ्न थालेपछि सिएम कमरेडले सरकारमै नजाने भनेर निर्णय सुनाउनु भयो, एकता नभएको कारण मात्रै होइन,’ माओवादी केन्द्रीय कार्यालयका एक सदस्यले भने ।

ती सदस्यका अनुसार संघीय प्रतिनिधिसभामा उपस्थित ५३ सांसदमध्ये कम्तमिा ४६ जना मन्त्री बन्न तँछाडमछाड गरिरहेका छन्। राष्ट्रियसभा सदस्यले पनि मन्त्री दावी गरिरहेका छन । अध्यक्ष दाहाल भने बरिष्ठ नेता रामबहादुर थापा, बादलको नेतृत्वको सरकारमा पठाउन चाहन्छन । तर बिगतमा लगातार मन्त्री भएकाहरुलाइृ दाहालको सो योजना मन परेको छैन ।

‘पहिलो पटक संसद्मा प्रवेश गरेकाहरूले मात्रै होइन, शान्ति प्रक्रियामा आएपछि लगातार लाभको पद लिनेहरू नै मन्त्रीका लागि अस्वरुस्थ हर्कतमा उत्रिएका छन,’ ती नेताले भने । माओवादी केन्द्रका तर्फबाट संघीय प्रतिनिधिसभामा प्रत्यक्षबाट ३६ र समानुपातिकबाट १७ सदस्य छन्। संविधानमा केन्द्रीय सरकारमा बढीमा २५ जनाको मन्त्रिपरिषद् बन्ने किटान गरिएको छ। जसमध्ये माओवादी कोटाबाट बढीमा ८ जना मन्त्री बन्ने सहमति छ ।

जसअनुसार एउटा प्रदेशबाट एक जना मात्रै पर्ने सम्भावना रहेको छ । तर, एउटै प्रदेशबाट धेरै प्रतिस्पर्धी रहेका छन । माओवादी स्रोतका अनुसार प्रदेश १ बाट राम कार्की, सुरेशकुमार राई, सुदन किँराती, अमनलाल मोदी र शिवकुमार मण्डल मन्त्रीका हुन । पार्टी एकता भएमा झापामा कार्कीको संभावना बलियो छ ।

कार्की झापा १ बाट कांग्रेसका प्रभावशाली नेता तथा प्रवक्ता विश्वप्रकाश शर्मालाई पराजित गर्दै विजयी भएका हुन्। उदयपुरबाट विजयी सुरेशकुमार राई अर्का प्रत्यासी हुन्। जो गोपाल किँरातीका अनुयायी मानिन्छन्। किँरातीले एमालेसँग एकता भएमा विद्रोह गर्ने धम्की दिइरहेका छन्।

भोजपुरबाट जितेका सुदन किँराती, मोरङमा कांग्रेसका प्रभावशाली नेता तथा पूर्व अर्थमन्त्री महेश आचार्यलाई पराजित गरेका अमनलाल मोदी, कांग्रेस मोरङ जिल्ला पूर्व सभापति अमृत अर्याललाई हराएका शिवकुमार मण्डल पनि मन्त्रीका दावेदार रहेका छन । प्रदेश २ बाट मातृका यादव, प्रभु साह, रामेश्वर राय यादव, सुरेशचन्द्र दास मन्त्रीका दोवेदार हुन । यसैगरी, प्रदेश ३ बाट पम्फा भुसाल, अग्नि सापकोटा, हरिबोल गजुरेल, हितबहादुर तामाङ, श्यामकुमार श्रेष्ठ बलियो दावेदार हुन ।

काभ्रे १ बाट पहिलो पटक विजयी गंगाबहादुर लामाले पनि मन्त्री बन्ने दौड थालेका छन । प्रदेश ४ बाट देव गुरुङ, देवेन्द्र पौडेल, हरिराज अधिकारी दावेदार रहेका छन । प्रदेश ५ बाट यसअघि उपप्रधानमन्त्री भइसकेका कृष्णबहादुर महरा, टोपबहादुर रायमाझी, पूर्वअर्थमन्त्री वर्षमान पुन, प्रधानमन्त्रीका पूर्व प्रमुख राजनीतिक सल्लाहकार चक्रपाणी खनाल, पूर्व मन्त्री सन्तकुमार थारु, पूर्वमन्त्री कमला रोका लगायत पनि पुन मन्त्री हुनुपर्ने भन्दै दाहाललाई दवाव दिइरहेका छन ।

उनीहरुमध्ये केहीले मन्त्री नपाए एकता भाँडने भन्दै हिडेका छन । प्रदेश ६ बाट केन्द्रीय मन्त्री बन्न शक्तिबहादुर बस्नेत, जनार्दन शर्मा, टेकबहादुर बस्नेत, गजेन्द्रबहादुर महत लगायतका नेता मन्त्रीका आकांक्षी छन । यस्तै प्रदेश ७ बाट लेखराज भट्ट, बिना मगर, गौरीशंकर चौधरी मन्त्री बन्नै पर्ने ‘लबिङ’ मा छन्।

Loading...
Related Posts
Don't miss it
Editors choice