• बुधबार ३१, असोज २०७५

प्रचण्ड र ओली बीचको सहमती पछि सबै वामपन्थीहरुलाई आयो यस्तो खुशिको खबर, यसरी हुने भयो एकता

काठमाडौं, 

नेकपा एमाले र माओवादी केन्द्रविच लगभग पार्टी एकताका सम्पूर्ण कुरा मिलेका छन् । लामो कसरतपछि प्रधानमन्त्री एंव एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालविच सहमति जुटेको हो ।

अन्य सबै कुरा मिलेपनि जबज र माओवादका विषयमा के गर्ने भन्ने विषयमा अन्यौलता थियो । यी विषयलाई महाधिवेशनसम्म लैजान र थप छलफल गरी पार्टीले आगामी बाटो लिने सहमति भएको स्रोतको दावी छ । सैद्धान्तिक रुपमा असहमत विषय महाधिवेशनबाट टुंगो लगाउनेगरी सहमति भएको हो । साथै अन्य नमिलेका विषय भने सोमबार एकता संयोजन समितिको बैठकमा छलफल गर्ने र भोली नै एकताको मिति घोषणा गर्ने सहमति बनेको छ ।

त्यसअघि पुन एक पटक वान टू वान वार्ता गर्ने सहमति बनेको छ । भक्तपुरको पुरानो ठिमीको एक घरमा आज दिनभर जसो भएको वार्तामा दुई नेताले निक्कै लामो छलफल गरेका थिए । दुवै नेताविच सरकारलाई तत्काल पूर्णता दिने विषयमा पनि छलफल भएको बताइएको छ । ओली र दाहालले त्यही सादा खाना खाएर छलफल गरेका थिए ।

Loading...
Related Posts
Don't miss it
Editors choice