• शनिबार ०५, साउन २०७५

पर्वतको कुश्मास्थित मोदीखोलामा भेटियो बेवारिसे लास

पर्वतको कुश्मा नगरपालिका ८ चुवा स्थित तल्लो मोदी हाईड्रापावर मुनि मोदी खोलाको विचमा एक युवक मृत अवस्थामा फेला परेका छन् । अन्दाजी ४०\४५ बर्षको युवकको लास फेला परेको प्रहरीले जनाएको छ । मृत लास घोप्टो अवस्थामा खोलाको बिचमा तैरिएको देखेपछि स्थानियले प्रहरीलाई खबर गरेका थिए ।

घटनाको खवर प्राप्त भएसँगै जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थालमा पुगेको थियो । जिल्ला प्रहरी कार्यालय पर्वतका अनुसार मृतको हुलिया गहु गोरो, झट्ट हेर्दा मंगोलियन अनुहार, उचाई ५ फिट, कालो खैरो कपाल, कालो रंगको हुट ट्राउजर जुंगा र बोके दारी भएको युवक मृत अवस्थामा भेट्टीएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरिक्षक देवीप्रसाद पौडेलले जानकारी दिनुभयो ।

उक्त लाश जिल्ला अस्पताल पर्वतमा पोष्टमार्टमका लागि राखिएको छ । घटनाको थप अनुसन्धान भईरहेको प्रहरीको भनाई छ ।

Loading...
Related Posts
Don't miss it
Editors choice