• शनिबार ०५, साउन २०७५

एकता र मन्त्रालय बाँडफाँडमा एमाले र माओवादी केन्द्रबीच सहमति, भोली एकता संयोजन समितिले पूर्णता दिने

नेकपा एमाले र माओवादी केन्द्रविच पार्टी एकताका बाकी रहेका विषयमा भोली संयोजन समितिमा छलफल हुने भएको छ । दुई दलविच सरकारमा रहेका मन्त्रालय बाडँफाँडका विषयमा पनि सहमति जुटेको बताइएको छ । प्रधानमन्त्री एंव एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालविच आज विहान भएको भेटवार्तामा बाहिर आएका सबै भ्रमपूर्ण कुरालाई चिर्दै भोली बाँकी रहेका सबै निर्णय गर्ने सहमति बनेको हो ।

भेटवार्तापछि माओवादी अध्यक्ष ‘प्रचण्ड ले पार्टी एकताकाबारेमा छलफल भएको जानकारी दिनुभयो । “पार्टी एकताका विषयमा कुराकानी भएको हो, एकताकाबारेमा छलफल सकारात्मक रुपमा अगाडि बढिरहेको छ, छिटो पार्टी एकता घोषणा गर्ने पहल जारी छ”  प्रचण्डको भनाई थियो । प्रधानमन्त्री ओलीका प्रेस संयोजक चेतन अधिकारीले दुई अध्यक्षबिचको छलफलपछि आइतबार एकता संयोजन समितिको बैठक बोलाइएको जानकारी दिए । दोस्रो तहका नेताले एकता र सरकारमा सहभागिताका विषयलाई लिएर विभिन्न टिकाटिप्पणी गर्न थालेपछि बाहिरी जिल्लाको भ्रमणमा निस्कन लागेका दाहाल प्रधानमन्त्री ओलीलाई भेट्न बालकोट पुग्नु भएको हो ।

भेटमा उहाहरुले एकता विरोधी र सरकारलाई असहयोग गर्ने नेताका विषयमा जानकारी राखिरहने र भविष्यमा त्यसको लेखाजोखा गरिने निष्कर्ष निकालेको बालकोट स्रोतले जानकारी दिएको छ । यसअघि बुधबार बसेको बैठकमा करिव ९५ प्रतिशत कुरा मिलेपनि केही विषयलाई अझै अन्तिम रुप दिन नसक्दा एकताले पूर्णता पाईसकेको छैन । जनता टाइम्सबाट साभार

Loading...
Related Posts
Don't miss it
Editors choice