• बिहीबार ०३, साउन २०७५

ओली–प्रचण्डबीचको वार्ता सकियो, यस्तो भयो सहमति :

प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आइतबार एकता संयोजन समितिको बैठक बोलाउने सहमति भएको छ।

पार्टी एकताका विषयमा शनिवार बिहान ओली–प्रचण्डबीच भएको एक्लाएक्लै भेटघाट र छलफलले संयोजन समितिको बैठक आइतबार बोलाउने निर्णय गरेको हो।

बुधवार बसेको एकता संयोजन समितिको बैठकमा पार्टी एकतालाई लिएर विमति पैदा भएपछि ओली र प्रचण्ड पहिलोपटक एक्लाएक्लै छलफलमा बसेका हुन्।

प्रधानमन्त्री ओलीका प्रैस संयोजक चेतन अधिकारीका अनुसार दुई शीर्ष नेताबीच करिव ४५ मिनेट कुराकानी भएको थियो।

‘उहाँहरुबीच छलफल भयो, आइतबार एकता संयोजन समितिको बैठक बोलाउने सहमति भएको छ’, कुरा गर्दै उनले भने।

पार्टी एकतामा असमझदारी पैदा भएपछि माओवादी केन्द्रले ओली सरकारमा मन्त्रीहरु पठाएको छैन।

माओवादी केन्द्रले सरकारलाई समर्थन भएपनि पार्टी एकताका विषयमा टुंगो नलागी सरकारमा मन्त्री नपठाउने अडान राख्दै आएको छ।

Loading...
Related Posts
Don't miss it
Editors choice