• शनिबार २९, मङि्सर २०७५

पर्वतको कुस्मामा प्रथम सेभेन ए साइड भेट्रान्स फुटवल प्रतियोगिता संचालन

पर्वत ,

सदरमुकाम कुस्मामा रहेको सिसेफ नेपालको आयोजना तथा सिसेफ स्पोट्स एकेडमीको संयोजनमा प्रथम सेभेन ए साइड भेट्रान्स फुटवल प्रतियोगिता शुक्रवारदेखि सुरु भएको छ ।

खेल क्षेत्रमा सवैको सहभागिता आजको आवश्यकता भन्ने नाराका साथ तीस वर्ष माथिका खेलाडिमात्र सहभागिहुने गरि उक्त प्रतियोगिता आयोजना गरिएको सिसेफ नेपालका अध्यक्ष विष्णुराज पुरीले बताए ।

दुईदिन सम्म संचालन हुने उक्त प्रतियोगितामा आठ टिमको सहभागिता रहेको छ । पहिलो चरणमा आयोजक र्भसेस नमुना आवसिय मावि पर्वत, पर्वत संगित संघ भर्सेस रोट्याक्ट कलव अफ पर्वत, कुश्मा मुस्लिम युवा कलव भर्सेस पर्वत ब्याडमीन्टन संघ र पर्वत वैंकर यसोसियसन भर्सेस एकता युवा कलव को प्रतिस्प्रधा रहेको थियो ।

उक्त प्रतियोगितावाट विजेता वनेका रोटयाक कलव अफ पर्वत तथा एकता युवा कलव विचको फईनल खेल शनिवार विहान हुने आयोजकले वताएको छ ।

यसअघी कार्यक्रमको उद्घाटन कार्यक्रममा बोल्दै सिसेफका संथापक अध्यक्ष टंकनाथ लामिछाने धौलागीरीकै नमुना खेलमैदान शसस्त्र प्रहरीले कब्जा गरेपछी पर्वतवाट प्रतिभावान खेलाडी विस्थापित हुनु परेकोमा दुख्ख ब्यक्त गरे ।

लामिछानेले आगामी दिनमा समेत राज्यले खेल क्षेत्रको विकास गर्न र यस क्षेत्रकै गहनाको रुपमा रहेको सो खेल मैदानबाट सशस्त्र प्रहरी हटाई भौतिक पूर्वाधार विकास गर्नुपर्नेमा जोड दिए ।

सिसेफ नेपालका अध्यक्ष बिष्णुराज पुरीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत सस्थाका प्रथम उपाध्यक्ष दुर्गावहादुर वस्याल, संचालन सस्थापक उपाध्यक्ष रमेश श्रेष्ठले गरेका थिए भने खेलकुद प्रतियोगितको वारेमा सिसेफ स्पोस्ट्स एकेडमीका अध्यक्ष गोविन्द रिजालले जानाकारी गराएका थिए ।

२०६४ सालमा स्थापित यस संस्थाले सामाजिक, सांस्कृतिक, खेलकुद, पर्यटकीय क्षेत्रका साथै युवा तथा महिलाहरुका लागि व्यावसायिक तालीम तथा विभिन्न रचनात्मक कृयाकलाप संचालन गर्दै आएको छ ।

Loading...
Related Posts
Don't miss it
Editors choice