• बिहीबार ०४, असोज २०७५

ओली सरकारमा समेटिने मन्त्रीको यस्तो बन्यो लिस्ट

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएका छन् । ओलीलाई प्रधानमन्त्री नियुक्त गर्न एमाले र माओवादीले विहीबार नै राष्ट्रपति समक्ष समर्थनको पत्र बुझाएका थिए ।

निर्वाचन आयोगले बुधबार राष्ट्रपतिलाई प्रतिनिधिसभा चुनावको अन्तिम नामावली बुझाएसँगै सरकार गठनको बाटो खुलेको थियो । राष्ट्रपतिबाट नियुक्त भएका प्रधानमन्त्री ओलीले दिउसो ४ बजे सपथ लिने राष्ट्रपति कार्यालयले जनाएको छ ।

ओली प्रधानमन्त्री बन्ने तयारीमा जुटेसँगै उनी नेतृत्वको मन्त्रीमण्डलमा सवार हुन एमालेका दर्जनौं नेताहरु पार्टीभित्रको शक्तिकेन्द्र धाईरहेका छन् । तर ओली भने मन्त्रीहरु कसलाई बनाउने भन्नेबारे आफूसमक्ष आईपुगेको नामको सुचीमा आधारित रहेर काँटछाँटमा व्यस्त छन् ।

एमाले निकट उच्च स्रोतले दिएको जानकारी अनुसार प्रदेश नम्बर १ बाट मन्त्री बन्न अहिले थुप्रैको नाम चर्चामा रहेको छ । सो अनुसार सचिव समेत रहेका नेता योगेश भट्टराई र पोलिटव्यूरो सदस्य लालबाबु पण्डितको नाम चर्चामा छ । त्यस्तै, मन्त्रीकै लागि ओलीका निकट मानिने नेता भानुभक्त ढकालको पनि नाम चर्चामा छ । राज्यमन्त्रीमा यज्ञराज सुनुवार र पवित्राको पनि नाम अग्रपँक्तिमा छ ।

यता २ नम्बर प्रदेशबाट भने नेता रघुवीर महासेठको मात्रै नाम चर्चामा छ । उनी पनि ओली निकट नेताको रुपमा परिचित छन् ।

त्यस्तै ३ नम्बर प्रदेशबाट महासचिव ईश्वर पोखरेल उपप्रधानमन्त्रीसहित महत्वपूर्ण मन्त्रालय सम्हाल्नेगरि जाने तयारीमा छन् । त्यस्तै सुरेन्द्र पाण्डे, पार्वत गुरुङको पनि नाम चर्चामा नै छ ।

यता ४ नम्बर प्रदेशबाट नेताहरु खगराज अधिकारी, महिला सांसद पद्मा अर्याल, रविन्द्र अधिकारीको नाम चर्चामा छ ।

५ नम्बर प्रदेशबाट उपमहासचिव विष्णुप्रसाद पौडेल, सचिव प्रदिप ज्ञवाली, नेता छविलाल विश्वकर्माको नाम चर्चामा छ ।

त्यस्तै ७ नम्बर प्रदेशबाट उपाध्यक्ष भीम रावल उपप्रधानमन्त्रीसहित महत्वपूर्ण मन्त्रालय सम्हाल्ने चाहनामा छन् । त्यस्तै अर्का सांसद प्रेम बहादुर आलेको र लेखराज पनि मन्त्री बन्ने सूचिमा छन् ।

Loading...
Related Posts
Don't miss it
Editors choice