• बिहीबार ०४, असोज २०७५

प्रदेश नं ५ को मुख्यमन्त्रीमा पोखरेल नियुक्त : भोली शपथ र सानो आकारको मन्त्रिमण्डल गठन गर्ने तयारी

बुटवल, 

प्रदेश नं ५ ले पनि पहिला मुख्यमन्त्री पाएको छ । मुख्यमन्त्रीमा नेकपा एमाले प्रदेश संसदीय दलका नेता शंकर पोखरेल नियुक्त हुनुभएको हो । प्रदेश प्रमुख उमाकान्त झाले आज पोखरेललाई नेपालको संविधानको धारा १६८ को उपधारा ९२० बमोजिम प्रदेश नं ५ को मुख्यमन्त्रीमा नियुक्त गर्नुभयो ।

एमाले र नेकपा माओवादी केन्द्रको समर्थनसहित पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त गर्न माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसीले आइतबार प्रदेश प्रमुख समक्ष दाबी पेश गर्नुभएको थियो ।

५ नं प्रदेशमा कुनैपनि दलले बहुमत प्राप्त नगरेको अवस्थामा प्रदेशसभाको कूल ८७ सदस्यमध्ये एमालेको ४१ र माओवादी केन्द्रको २० गरी ६१ जना सदस्यको एमाले नेता पोखरेललाई समर्थनको निर्णयबमोजिम मुख्यमन्त्रीमा नियुक्त गरिएको हो ।

नवनियुक्त मुख्यमन्त्री पोखरेलले बिहीबार अपराह्न २ बजे प्रदेश प्रमुखको निजी सचिवालयमा शपथ ग्रहण गर्ने कार्यक्रम तय गरिएको छ । मुख्यमन्त्री पोखरेलले बिहीबार नै सानो आकारको मन्त्रिमण्डल गठन गर्ने एमाले संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकालले जानकारी दिनुभयो । कार्यालयका तर्फबाट सचिव सनतकुमार दवाडीले पत्रकार सम्मेलन गरी जानकारी दिनुभयो ।

Loading...
Related Posts
Don't miss it
Editors choice