• बिहीबार १३, बैशाख २०७५

प्रचण्ड र ओलीबीचको ‘वान टु वान’ वार्ता सकियो, यस्तो भयो सहमती

नेकपा एमलोका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच पार्टी एकता गर्ने सहमति भएको छ । पार्टी एकताको विषयमा छलफल गर्न बसेको ‘वान टु वान’ बैठकमा मंगलबार नै पार्टी एकताको घोषणा गर्ने सहमति भएको हो ।

दुवै नेताबीच आलोपालो एकीकृत पार्टीको अध्यक्ष र प्रधानमन्त्री बन्ने सहमति भएको स्रोतले बतायो । पार्टी एकता र सरकार गठनको विषयमा अन्तिम गृहकार्य गर्न सोमबार दुवै नेताबीच करिव ३ घण्टा छलफल भएको थियो ।

दुई वर्ष प्रचण्ड पार्टी अध्यक्ष बन्नेछन् भने त्यसपछि उनी प्रधानमन्त्री बन्ने भएका हुन् । अहिले अ‍ोली प्रधानमन्त्री बन्ने र प्रचण्डपछि उनी फेरी पार्टी अध्यक्ष बन्ने सहमति भएको स्रोतले बतायो । दुई नेताबीच राष्ट्रपति एमालेबाट बनाउने र सभामुख माअ‍ोवादीबाट बनाउने सहमति भएको छ ।

दुवै नेताबीचको भेटमा एकताका विभिन्न विकल्प र युवा नेताहरुको व्यवस्थापनका विषयमासमेत छलफल भएको थियो । उनीहरुले सरकारमा पठाउने मन्त्रीहरुको बारेमासमेत छलफल गरेका थिए । ‘दुवै पार्टी अध्यक्ष एकता गर्न सहमत भएका छन्, नेतृत्व विवादबारे पनि टुंगो लागेको छ । अब मंगलबार सबै निर्णय हुनेगरी आजको बैठक टुंगीएको छ ।’ओली निकट स्रोतले भन्यो ।

दुवै पार्टीका अध्यक्षले एकता संयोजन समितिको बैठकपछि पार्टी एकताको घोषणा गर्न सहमत भएका छन् । उनीहरुले त्यसका लागि आज आन्तरिक छलफल गर्ने तयारी गरेका छन् । उनीहरुले पार्टी एकता भोली गर्ने भने पनि आम जनतामा भने यसको आशंका अझै रहेको छ । पार्टी एकताको अन्तिम निर्णय भोली हुने भएकाले सबैले भोलीको दिन कुर्नैपर्ने भएको छ ।

Loading...
Related Posts
Don't miss it
Editors choice