• शनिबार २९, मङि्सर २०७५

किन गरे भारतीय प्रधानमन्त्री मोदीले एमाले अध्यक्ष ओलीलाई फोन ? के के भयो कुराकानी ?

काठमाण्डौ । माघ ७ गते,

एमाले अध्यक्ष ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आइतबार फोन वार्ता भएको छ ।

मोदीले ओलीलाई टेलिफोन गरी भारत भ्रमणको निम्ता दिएका छन् । मोदीले ओलीलाई भावी प्रधानमन्त्रीका रुपमा अग्रिम शुभकामना दिएको ओलीका प्रेस सहयोगी चेतन अधिकारीले जानकारी दिए । अधिकारीका अनुसार मोदीले प्रधानमन्त्री निर्वाचित भएलगत्तै आफू ओलीलाई भारतमा स्वागत गर्न आतुर रहेको बताएका छन् ।

 

‘भारतीय प्रधानमन्त्रीले अध्यक्ष कमरेडलाई टेलिफोन गरी प्रधानमन्त्रीका लागि अग्रिम शुभकामना दिनुभयो’, अधिकारीले भने, ‘प्रधानमन्त्रीको कार्यभार सुरु भएलगत्तै भारत भ्रमणको निम्ता पनि दिनुभएको छ ।’ जवाफमा ओलीले भारतीय प्रधानमन्त्री मोदीलाई पनि नेपाल भ्रमणको निम्ता दिएका छन् ।

उनले नेपाल आएका बेला जनकपुरको रामजानकी मन्दिर र मुक्तिनाथ दर्शन गर्न मोदीलाई आग्रह गरेका छन् । अंग्रेजी नयाँ वर्ष सन् २०१८ को शुभकामना दिन मोदीले ओलीलाई टेलिफोन गरेको अधिकारीले बताए ।

Loading...
Related Posts
Don't miss it
Editors choice