• बुधबार ०३, असोज २०७५

वैदेशिक रोजगारीका लागि विदेश रहेका युवाको सहयोगमा घोरेटो बाटो निर्माण

पर्वत :  वैदेशिक रोजगारीका लागि विदेशमा रहेका यहाँक एक युवाले आफ्नो खर्चमा घोरेटोबाटो निर्माण गरेका छन् । जिल्लाको जलजला गाउपालिका ८ नाग्लिबाङका महेन्द्र रोकाले आफ्नै खर्चमा करिब ५ सय मिटर बाटो निर्माण गरेका छन् ।

रोकाले साबिक नाग्लिबाङको २ र ३ को सिमानामा पर्ने रातडाडामा अति संबेदनसिल घोरेटो बाटोमा रेलिङ सहितको बाटो निर्माण गरेका हुन् । जीर्ण सडकका कारण वर्षेनी पैदल यात्रीहरुले सास्ती खेप्नु परेको भन्दै रोकाले सो बाटो निर्माण गरेका हुन् ।

वैदेशिक रोजगारीको क्रममा बेल्जियम रहेका रोकाले ४ लाख रुपीयामा सो सडक निर्माण गरेका हुन् । रोकाले चलाएको अभियानमा स्थानीले सहयोग गर्दै स्थानीयवासीले श्रमदान गरेका छन् । बाटो असहज हुँदा सो बाटोमा १ जनाले ज्यान गुमाएका छन् भने २ जना अपांग भएको स्थानीय सोम जिसीले बताए ।

Loading...
Related Posts
Don't miss it
Editors choice