• बिहीबार २९, कार्तिक २०७५

यस्ता निर्णय गर्दै एमाले स्थायी कमिटि बैठक सकियो !

काठमाडौं । एमालेले राष्ट्रिय सभा निर्वाचन तोकेको समयमै सम्पन्न गर्न सरकार र निर्वाचन आयोगको ध्यानकर्षण गराएको छ ।

एमाले पार्टी कार्यलय धुम्बाराहीमा कार्यवहाक अध्यक्ष वामदेव गौतमको अध्यक्षतामा बसेको स्थायी समिति बैठकले निर्वाचन गराउन भईरहेको ढिलाईप्रति गम्भिर चिन्ता व्यक्त गरेको हो । एमालेले प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्न सरकारसँग आग्रह गरेको छ ।

एमाले सचिव योगेश भट्टइले प्रदेश प्रमुख र अस्थायी तोक्न भईरहेको ढिलाईले राष्ट्रिय सभा निर्वाचन प्रभावित हुन खोजेकाले अन्यौल बढेकाले तोकेकै मितिमा निर्वाचन गर्न निर्वाचन आयोग र सरकारको ध्यानकर्षण गराउने निर्णय भएको बताए ।

कामचलाउ भइसकेको सरकारले रकमान्तरप्रति विरोध जनाउदै तत्काल त्यस्तो काम बन्द गर्न सरकारलाई सुझाव दिएको उनले बताए ।

एमालेले राष्ट्रिय सभा निर्वाचनका लागि माघ ५ भित्र उम्मेदवार चयन गर्दा विशेष महिला, जनजाति, समाबेशीतालाई ध्यान दिन मातहतका कमिटीलाई निर्देशन दिएको छ ।

Loading...
Related Posts
Don't miss it
Editors choice