• बुधबार ०४, पुष २०७५

पर्वत समाजको पहलमा एक करोड रुपैयाँको परोपकारी अक्षयकोष स्थापना हुँदै

स्पेन । अन्तर्राष्ट्रिय पर्वत समाजले एक करोड रुपैयाँको परोपकारी अक्षयकोष स्थापना गर्ने निर्णय गरेको छ । गत साता बेल्जियममा सम्पन्न समाजको विशेष बैठकले आगामी ६ महिनाभित्र लक्ष्य पूरा गर्ने गरी अक्षयकोष घोषणा गरेको हो ।

समाजले परोपकारी कोषका लागि आगामी जुन ३ तारिखका दिन बेलायतको लन्डनमा एक च्यारिटी कार्यक्रमको आयोजना गर्ने भएको छ ।

यसैबीच समाजले नयाँ वर्षको उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रम समेत सम्पन्न गरेको छ । कार्यक्रममा बेल्जियमका लागि राजदूत लोकबहादुर थापा, गैर आवासीय नेपाली संघका केन्द्रीय उपाध्यक्ष कुल आचार्य, सचिव जानकी गुरुङलगायत एनआरएनए अभियन्ताहरुको उपस्थिति थियो।

Loading...
Related Posts
Don't miss it
Editors choice