• बुधबार ०३, असोज २०७५

अव तँ यति वर्ष सरकार चला भन्ने दिन गए – अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले अब कसैले कसैलाई तँ यति वर्ष सरकार चला भनेर भन्ने दिन सकिएको बताएका छन् ।

एमाले उपाध्यक्ष वामदेव गौतमद्वारा लिखित पुस्तक विमोचन कार्यक्रममा बोल्दै शनिबार राष्ट्रियसभा गृहमा ओलीले भने– ‘वामपन्थीहरुलाई जनताले जिताईसकेपछि हाम्रो सभ्य र दिगो सरकार बन्छ । विकास निर्माणका कार्यले धेरै अग्रता लिन्छ । कसैले क्याङक्याङ कुङकुङ गरेर रोकिनेवाला छैन । अब नेपाल अगाडि बढ्छ बढ्छ ।’

अहिले पनि वाम गठबन्धनलाई बिथोल्न र अस्थिरता निम्त्याउन धेरै प्रयास भइरहेको भए पनि अब कसैको केही नलाग्ने र वाम गठबन्धनको सरकार बनेरै छाड्ने ओलीले बताए । माओवादी र एमालेवीचको पार्टी एकतालाई कसैले बिथोल्न नसक्ने ओलीले बताए ।

उनले वामपन्थीले स्पष्ट बहुमत प्राप्त गरेकाले अव लामो समय सरकार पनि वामपन्थीले चलाउने बताएका छन् । अध्यक्ष ओलीले बाहिरी रुपमा वामपन्थीहरु लोकतन्त्रवादी पार्टी होईनन् भनेर भईरहेका खाससुस टिप्पणीलाई केन्द्रित गर्दै भने –‘हामीले लोकतन्त्रको लडाँई लामो समयदेखि गर्दै आएकाले आज लोकतन्त्र प्राप्त भएको छ । यदि हामीले नलडेका भए ,कसरी जनताले तानशाही प्रवृत्तिबाट छुटकारा पाउँथे ? अस्थिरतातर्फ लान खोज्ने शक्तिहरु नै हुन् ,हामीलाई लोकतान्त्रिक पार्टी होईनन् भन्ने । अब तिनका प्रयासहरु पूर्ण रुपमा असफल हुन्छन, म साथीहरुलाई ढुक्क हुन आग्रह गर्न चाहन्छु ।’

उनले एमाले उपाध्यक्ष वामदेव गौतमले सहि समयमा अग्रगामी कार्यक्रम र आर्थिक नीति निर्माणमा काम लाग्ने पुस्तक प्रकाशन गरेकोमा पनि धन्यवाद दिए ।

Loading...
Related Posts
Don't miss it
Editors choice