• बुधबार ०३, असोज २०७५

यी हुन् एमालेका चर्चित महिला नेत्रीहरु, जो समानुपातिकबाट संसद प्रवेश गर्दैछन् (सुचिसहित)

काठमाडौं । नेकपा एमालेका सवै प्रभावशाली नेत्रीहरु सांसद बन्ने पक्का भएको छ । निर्वाचनपछि ठुलो दल बनेको एमालेमा ३९ जना महिला सांसद हुने भएका छन् । ३९ मध्ये दुई महिला प्रत्यक्ष निर्वाचनबाट निर्वाचित भइसकेका छन् भने बाँकी ३७ महिला सामानुपातिक सांसद बन्ने भएका छन् । युवा पुस्ताकी चर्चित नेत्री रामकुमारी झाक्री, नविना लामा, शान्ता चौधरीदेखि मुस्लिम महिला कलिला खानसम्म सांसद बन्ने निश्चित भएका छन् ।

एमालेले बुझाएको बन्द सूचिको महिला क्रमसंख्या ११ सम्मका उम्मेदवार निर्वाचित गर्नुपर्ने बाध्यात्मक व्यवस्था भएकाले थममाया थापा मगर, डा. शिवमाया तुम्बाहाम्झे, सुजिता शाक्य, रामकुमार झाँक्री, बिना श्रेष्ठ, तुलसी थापा, नविना लामा, शान्तिमाया तामाङ, कुमारी मेचे, विनादेवी बूढाथोकी मगर, रणकुमारी बलमपाकी मगर चुनिने छन् । सुजिता शाक्य एमाले सचिव शंखर पोखरेल र विना श्रेष्ठ नेता कृष्णगोपाल श्रेष्ठकी श्रीमती हुनुहुन्छ ।

त्यस्तै खस आर्यबाट राधा ज्ञावली, विन्दा पाण्डे, गोमा देवकोटा, कल्याणीकुमारी खड्का, निरुदेवी पाल, मनकुमारी जिसी, मायादेवी न्यौपाने, विष्णु शर्मा, सरिता न्यौपाने, मेनाकुमारी भण्डारी, तर्था गौतम र शर्मिला कार्की निर्वाचित हुनेछन् ।

त्यस्तै थारु कोटाबाट एमालेले दुईजना महिला निर्वाचित गर्नुपर्छ । महिलातर्फ पहिलो नम्बरमा रहेकी शान्ता चौधरी र दोस्रो नम्बरमा रहेकी लक्ष्मीकुमार चौधरीले मात्र सांसद बन्ने अवसर पाएका छन् ।

दलित कोटाबाट एमालेले पाँचजना महिला पठाउनुपर्छ । बन्द सूचिको क्रमसंख्या पाँचसम्म रहेका निरादेवी जैर, विमला विश्वकर्मा, विमला विक, पार्वतीकुमारी विसुङ्गे र सानु शिवाले सांसद बन्ने निश्चित भएको छ ।

एमालेले मधेसी कोटाबाट ६ जना महिला निर्वाचित गर्नुपर्छ । यो कोटाबाट जुलीकुमारी महतो, डा. पुष्पाकुमारी कर्ण, सरलाकुमारी यादव, रेखाकुमारी झा, सिरताकुमारी गिरी र सीता यादव निर्वाचित गर्नुपर्छ ।

यस्तै मुस्लिम कल्स्टरबाट दुईजना मात्र महिलाले अवसर पाउनेछन् । कालिला खान र समिना हुसेन सांसद बन्नेछन् । पीछडिएको कोटाबाट पनि दुई जना मात्र महिला सांसद बन्नेछन् । एमालेले निर्वाचन आयोगमा बुझाएको बन्द सूचिअनुसार आशाकुमारी विक पीछडिएको क्षेत्रबाट सांसद बन्नुहुनेछ । बन्द सूचिमा पीछडिएको क्षेत्रबाट दोस्रो महिलाको बनाम उल्लेख नभए पनि त्यसै कल्टरबाट अर्की महिला निर्वाचित हुनेछन् ।

Loading...
Related Posts
Don't miss it
Editors choice