• बुधबार ३१, असोज २०७५

पर्वतका वाम उम्मेदवारहरु कांग्रेस प्रती आक्रामक ! भ्रम फैलाएको भन्दै दिए यस्तो अभिव्यक्ति :

पर्वत । पर्वतको प्रतिनिधीसभाा र प्रदेशसभामा बाम गठबन्धनका उमेदवारहरु पदम गिरी र बिकास लम्सालले आफ्ना बिरुद्ध अफबाह फैलाएको भन्दै भ्रममा नपर्न अनुरोध गरेका छन ।

गिरी र लम्सालले बिज्ञप्ती जारी गर्दै दुई उमेदवारका बिचमा तित्तता रहेको भनेर केही सञ्चार माध्यमले अफवाह फैलाएको भन्दै त्यसको पछि नलाग्न आग्रह गरेका हुन ।

बामगठबन्धन पछिल्लो समय बलियो बन्दै गएको र जिल्लाका ३ वटै निर्वाचन क्षेत्र जित्ने सुनिश्चित भएपछि आत्तिएका केही ब्यक्ति र सञ्चार माध्यम अफवाह फैलाउन उद्दत रहेको बिज्ञप्तीमा उल्लेख छ । ‘हाम्रो एकता र बिजय देखेर आत्तिएपछि असमझारी छ भनेर जनतामा भ्रम र्छन खोजिएको छ’ बिज्ञप्तीमा भनिएको छ‘कसैलाई पनि भ्रमको पछि नलाग्न अनुरोध गर्छौ’ बाम पन्थी उमेदवारका बिचमा पनि एकता रहेको अवस्थामा पार्टी भित्र कुनै प्रकारको असमझदारी नरहेको बिज्ञप्तीमा स्पष्ट पारेका छन ।

सोमबार प्रेस चौतारी र प्रेस सेन्टर नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रतिनिधीसभाका उमेदवार पदम गिरी र प्रदेशसभा क का उमेदवार नेत्र अधिकारीलाई मात्रै आयोजकले निम्ता गरेका थिए । प्रदेशसभा ख का उमेदवार बिकास लम्साल चुनाबी प्रचार अभियानमा लिमिठानामा रहेका कारण उनलाई बोलाइएको थिएन । तर निम्तो नै नभएका लम्सालले पत्रकार सम्मेलन बहिष्कार गरे भनेर बिभिन्न सञ्चार माध्यममा समाचार आएको थियो ।

Loading...
Related Posts
Don't miss it
Editors choice