• आइतबार ०१, पुष २०७५

पर्वतमा पदम गिरीलाई जिताउन काठमाण्डौमा ‘दुर्लुङे’ दिदीको हुटहुटी…….

केपी गौतम :

एकाबिहानै घण्टी बज्यो ! सिरकभित्रै फोन हेरें – दुर्लुङ्गे दिदी ! फोन थिच्दासाथ भन्नुभयो- कि खम् कि ङ खौगो ( तिमी आउचौ कि म आम्नी हो) ? भनें- यहीं आम्नुस् !

सिरकभित्रै समाचार सुन्दैथिएँ, दिदी त तल गेट फुटाउने हो कि झैं गर्नुभो । लाजमर्नु ! कोठा आएसी जहानले सञ्चोविसञ्चोको कुरा गर्दैगर्दा म मुख धोएर देखिएँ । आम्मामा क्या हतार दिदीलाई ! भन्नुभो- लु आज ह्वॉ ह्वॉ चुनाउ हुंदैछ हाम्रॉ २१ गते ! अन्त त के कस्तो होला, बाग्लुंग, मस्तॉग राम्रो छ है !

म्याग्दीमा नि मेरो नाता छन् नि ! ‘अनि यहॉ (काठमाडौं ५) मा बसेर उताको कुरा मात्र किन ?’ त्यही कुरा गर्न परो नि ! लु यसपटक त ईश्वरले नै जित्छ । मैलै विहे गराइदिएको (फलानो फलानो) ले ऐले घरमा तिनको झण्डा राख्नै मानेका छैनन् । म बसेको घरपेटी नि कॉउरेस्, तर आगन्तुकलाई भोट नदिने भन्याछन् । सँगैको कोठामा भाडा तिरेर बस्ने पर्वते (फलाना) कै छोरी-ज्वाइँले नयॉ घर बनाए । नाम यहीं रैच ।

‘ज्वाइँ आपा धुँ रो क्या, किरि विर तो चमलाई’ ! भटटट यो रन्को देखेर सोधें- तपाइँले कहॉ हाल्नी हो भोट ?

लु हेर न पैला त यहीं को, ऐले नाम तो पदम क्या, बच्चैमा कस्तो राम्रो सुवासको थ्यो, तेल्ले टिकट पाउनी भनेसी उतै पठायो । ‘कहिले जानी तो ?’ ‘आ ह्वा दाईको छोराहेरू दुकुरीराछन् ! आम्मामा तो केटाहरलाई कतिभॉती लाको हो चुनाउ ?

उहिल्यै हाम्रो दुर्लुङ्ग त सप्पै काउँरेसलाई भोट जान्तो नि ! कै नि गरेन ! तो पदम हेरेर त सप्पै घाम (सूर्य) पार्टीमा ओईरिचन् ! म नि १५-१६ गतेतिर जानी हो !’ ल ल दिदी यहॉ भन्नुपर्नेलाई भन्चु, मेरो नाम यतै छ, गाममा भ्यासम्मन् पुग्चु । चुनाउ सफल पार्नुपर्च ! यस्तै वात मारेर एकघण्टा सकियो ! पहिलो चरणको निर्वाचन शुरू भएको बेला टी.भी. समाचारमा नि ध्यान गएन । काठमाडौंमा एकै टोलबासी दुर्लुङ्गे दिदीको जस्तो छटपटी सबैमा होस् !

पर्वत राम्जा हाल काठमाण्डौं

Loading...
Related Posts
Don't miss it
Editors choice