• बुधबार ०४, पुष २०७५

यस्तो हुँदैछ पर्वतको चुनावी प्रतिस्पर्धा : युवा नेता पदम गिरीसँग प्रतिस्पर्धा गर्न सक्लान् त ३ पटकसम्म जितेका जोशीले ?

पर्वत /आगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि पर्वतबाट बाम गठबन्धनका तर्फबाट प्रतिनिधीसभा र प्रदेशसभाका उमेदवारको टुंगो लागेको छ भने नेपाली कांग्रेसले प्रतिनिधिसभाको टुंगो लगाईसकेको छ ।

बाम गठबन्धनका तर्फबाट एक वटा मात्र निर्वाचन क्षेत्र रहेको पर्वतमा प्रतिनिधी सभाका लागि एमालेका जिल्ला अध्यक्ष पदम गिरी उमेदवार हुने भएका छन भने नेपाली कांग्रेसका तर्फबाट केन्द्रिय सदस्य तथा पुर्व साँसद अर्जुनप्रसाद जोशीले नै प्रतिष्पर्धा गर्ने भएका छन ।

प्रदेशसभामा बाम गठबन्धनको तर्फबाट प्रदेश क मा नेकपा माओबादी केन्द्रका पोलिटब्युरो सदस्य नेत्र अधिकारी र क्षेत्र नं २ मा नेकपा(एमाले)का प्रदेश कमिटी सदस्य तथा पुर्व साँसद बिकास लम्साल उमेदवार बन्ने भएका छन । नेपाली कांग्रेसले भने यो समाचार तयार पार्दा सम्म प्रदेश तर्फका उमेदवारको टुंगो लगाएको छैन ।

नेकपा(एमाले)को बुधबार बसेको स्थायी कमिटी बैठकले संघ र प्रदेशका उमेदवारको टुंगो लगाएको हो भने माओबादी केनद्रका तर्फबाट पार्टी हेडक्वाटरले उमेदवारको टुंगो लगाएको हो । नेपाली कांग्रेसले शीर्ष नेतृत्वको उमेदवारी चयन गर्ने क्रममा जोशीको निर्वाच्न क्षेत्र निर्धारण गरेको थियो भने बुधबार रातभर प्रदेशको निर्णय गर्ने बताइएको छ।

बाम गठबन्धनको तर्फबाट एमाले पोलिटब्युरो सदस्य गणेश तिमिल्सीना, केन्द्रिय अनुशासन आयोगका सदस्य गणेश शर्मा पौडेल, पुर्व साँसदहरु कल्पना चापागाई र बिकास लम्साल प्रतिनिधीसभाको उमेदवारका लागि दाबेदार रहेका थिए । पार्टी स्थायी समितिले युवा नेता पदम गिरीलाई प्रतिष्पर्धामा उतारेको छ ।

नेपाली कांग्रेसले यस अघि पर्वत क्षेत्र नं १ बाट तीन पटक सम्म चुनाब जितेर ह्याट्रिक गरिसकेका अर्जुनप्रसाद जोशीलाई नै चौथो पटक उमेदवार बनाएपछि संसदीय राजनितीमा इन्ट्री गर्न खोजेका एमाले अध्यक्ष पदम गिरी र ह्याट्रिक गरि सकेका जोशीका बिच रोचक भिडन्त हुने अनुमान गरिएको छ।

युवाहरुका बिचमा असाध्यै लोकप्रिय छबि बनाएका एमाले अध्यक्ष गिरीलाई अन्य पेशा ब्याबसायी र सर्वसारणले समेत आशा लाग्दा नेताको रुपमा हेरिरहेका छन भने तीन तीन पटक चुनाब जिती सकेका जोशी चुनाबी रणनिती बनाउने खेलाडी कै रुपमा परिचित छन । गिरी र जोशीको उमेदवारी पछि पर्वतमा रोचक र हेर्न लायक चुनाबी प्रतिष्पर्धा हुने चर्चा शुरु भएको छ । यद्यपी गत स्थानिय चुनाबमा प्राप्त मत तथा बाम गठबन्धन भएको अवस्थामा जोशी भन्दा गिरी अगाडी देखिएका छन ।

गिरी नेकपा एमालेको अघिल्लो जिल्ला अधिवेशनवाट जिल्ला अध्यक्ष निर्वाचित भएका हुन् । बिद्यार्थी राजनितीबाट पार्टी राजनितीमा आएका एमाले अध्यक्ष गिरी यस अघि पृथ्वीनारायण क्याम्पस पोखराको स्ववियू सभापति भएका थिए ।नेपाली कांग्रेस पर्वतमा १६ बर्ष जिल्ला सभापति तथा तीन कार्यकाल केन्द्रिय सदस्य भैसकेका जोशी संसदीय निर्वाचनमा ह्याट्रिक गर्ने कांग्रेसका थोरै नेताहरु भित्र पर्छन ।

प्रदेशसभा ख मा प्रतिष्पर्धा गर्न लागेका नेकपा –एमाले)का प्रदेश कमिटी सदस्य बिकास लम्साल दोस्रो संविधानसभा निर्वाचनबाट सोहि क्षेत्रबाट निर्वाचीत भएका थिए । लम्साल संगै प्रदेशसभाका लागि केन्द्रिय लेखा आयोगका सदस्य हरिकुमार श्रेष्ठ, एमालेका प्रदेश कमिटी सदस्य मोतीप्रसाद पौडेल, प्रदेश कमिटीका लेखा आयोग सदस्य देबेन्द्रराज पाण्डेय, धौलागिरी सम्पर्क कमिटीका पुर्व सचिब पुर्ण गौतम, युवां संघका नेता सुन्दर भुसाल लगायतका नेताहरु पनि प्रदेशसभा सदस्यका दाबेदार रहेका थिए । लम्साल संग नेपाली कांग्रेसको तर्फबाट पुर्व साँसद ऋषिकेश तिवारी र नेपाली कांग्रेसका महासमिति सदस्य राजेन्द्र तिवारी मध्ये एक जनाले प्रतिष्पर्धा गर्ने छन ।

प्रदेश क मा बाम गठबन्धनको तर्फबाट उमेदवार बनेका नेकपा माओबादी केन्द्रका पोलिटब्युरो सदस्य नेत्र अधिकारी २०७० सालको संबिधानसभा चुनाबमा पराजित भएका थिए । माओबादी आन्दोलनमा चालिसको दशक देखि सक्रिय अधिकारी उक्त पार्टी भित्र आर्थिक, चारित्रिक हिसाबले बिबादमा नपरेका तथा इमान्दार र बौद्धिक नेताको रुपमा परिचित छन ।

सादगी राजनैतिक कार्यकर्ताको छबि बनाएका अधिकारीलाई यस पटक एमालेको समेत समर्थन हुने भएकाले चुनाब आफ्नो पक्षमा कुनै अप्ठेरो नभएको बिष्लेषण गरिएको छ । अधिकारी संग नेपाली कांग्रेसका पुर्व जिल्ला सभापति नबराज गुरुङ्ग , पुर्व जिबिसका उपसभापति राम शर्मा पौडेल वा तरुण दलका केन्द्रिय कोषाध्यक्ष बिद्वान गुरुङ्ग मध्ये एकले प्रतिष्पर्धा गर्ने छन ।

गत स्थानिय तहको निर्वाचनको परिणाम अनुसार पर्वतमा नेपाली काँग्रेस बाम गठवन्धनले प्राप्त गरेको मत भन्दा झण्डै ७ हजारले पछाडि रहेको छ । उक्त मत परिणाम अनुसार यसपटक तीनवटै सिटमा बामगठवन्धनका उम्मेदवारहरुले बिजयी हासिल गर्ने आँकलन गरिएको छ ।

यसैबीच भोली हुने उम्मेदवारी दर्ताको सवैजसो तयारी पुरा भएको दल तथा मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार दिउँसो २ बजे सम्म साना दल र त्ससपछि ठुला दलले उम्मेदवारी दर्ता गर्नेगरी समय व्यवस्थापन गरिएको जिल्ला निर्वाचन अधिकारी लक्षु शर्माले जानकारी दिए ।आगामी निर्वाचनका लागि पर्वतमा एक लाख ७ हजार तीन सय मतदाता कायाम भएका छन् ।

Loading...
Related Posts
Don't miss it
Editors choice