• बुधबार ०३, असोज २०७५

मलेसियामा नेपाली कामदार बोकेको बस दुर्घटना, ८ को मृत्यु, ३३ को अवस्था गम्भिर

काठमाडौँ । मलेसियामा नेपाली र इण्डोनेसियन कामदार बोकेको दुई वटा बस एक आपसमा ठोक्किदा ८ जनाको ज्यान गएको छ।

मलेसियाको पेनाङ शहरमा भएको उक्त दुर्घटनामा अन्य ३३ जना गम्भिर घाइते भएका छन्। दुर्घटना त्यहाँको स्थानीय समय अनुसार बिहान साढे पाँच बजे भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएको छन्। मृतकको सनाखत हुन नसकेको समाचारमा उल्लेख छ।

मृत्यु हुने सबै महिला रहेको बताइएपछि कुन देशका नागरिक रहेको भन्ने बारे जानकारी गराइएको छैन्। घटना बारे क्यालालम्पुरस्थित नेपाली राजदूतावासले पनि कुनै जानकारी गराएको छैन्।


समाचार स्रोत डिसी नेपाल /तस्वीर  : न्यू स्ट्रेट टाइम्स

Loading...
Related Posts
Don't miss it
Editors choice