• आइतबार ०१, पुष २०७५

आजै सिट बाँडफाँड टुंग्याउन एमाले र माओवादी छलफलमा

काठमाडौ एमाले र माओवादी केन्द्रले चुनावी तालमेल सम्बन्धी गृहकार्य आजै सिध्याउने गरी छलफल तीव्र पारेका छन्। यसैगरी संयुक्त घोषणापत्र निर्माणका लागि बनेको संयुक्त कार्यदलले पनि घोषणा पत्रको प्रारम्भिक मस्यौदा आजै तयार पारिसक्ने भएको छ।

एमाले उपाध्यक्ष वामदेव गौतमको अध्यक्षतामा गठन गरिएको निर्वाचन घोषणा पत्रको प्रारम्भिक मस्यौदा कार्य अन्तिम चरणमा पुगेको छ। माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ र एमालेका प्रदीप ज्ञवाली मिलेर निर्वाचन घोषणापत्रको प्रारम्भिक मस्यौदा तयार गरिररहेका छन्।

निर्वाचन निर्वाचन तालमेलका लागि सिट बाँडफाँट कार्य सकसपूर्ण भएपनि पछिल्लो समय केही प्रगति भएको नेताहरुले बताएका छन्। यसअघि एमाले र माओवादीका नेताहरुको मात्र बैठक भएकोमा मंगलबारदेखि नयाँशक्तिका गंगानारायण श्रेष्ठपनि कार्यदलको बैठकमा सहभागी हुन थालेका छन्।

श्रेष्ठका अनुसार नयाँशक्तिले कति प्रतिशत पाउने भन्नेमा अझै सहमति नजुटेपनि उसको पनि सम्मानजनक उपस्थिति हुने गरी बाँटफाँड गर्न एमाले र माओवादी केन्द्रका नेताहरु सहमत छन्। श्रेष्ठले भने, ‘बुधबार बेलुकीसम्म केही नयाँ प्रगति सुन्न सक्नु हुनेछ।’

यद्यपि मुख्य समस्या चाहिँ एमाले र माओवादी केन्द्रबीचकै बाँडफाँडमा देखिएको छ। दुई दलबीच ६० ४० प्रतिशतको अनुपातमा सिट बाँडफाँट गर्ने र आधार चाहिँ संविधान सभा निर्वाचन २०७० र स्थानीय निर्वाचन २०७४ लाई बनाउने समझदारी छ। तर दुवै निर्वाचन परिणाममा एमाले बलियो देखिएकाले उपरोक्त अनुपात मिलाउन सकिरहेका छैनन्।

Loading...
Related Posts
Don't miss it
Editors choice