• बुधबार ३१, असोज २०७५

कांग्रेस नेता सिंहले प्रधानमन्त्री देउवाकै प्रस्तावलाई ठाडै अस्वीकार गरे, यस्तो छ कारण:

काठमाण्डौ । नेपाली कांग्रेसकै एक बरिष्ठ नेताले मंसिरमा तोकिएको चुनाव सार्ने पार्टी नेतृत्वको प्रयासप्रति आलोचना गरेका छन् । कांग्रेस नेता प्रकाशमान सिंहले मंसिरमा तोकिएको चुनावको मिति हेरेफेर गर्न नहुने भन्दै पार्टी नेतृत्वको आन्तरिक प्रयासको कटाक्ष गरेका हुन् ।

कांग्रेस नेतृत्वको सरकारका अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले राष्ट्रपतिसँग मंसिरको चुनाव तत्कालका लागि सार्न प्रस्ताव लिएर गएको खबर बाहिरिएको भोलिपल्टै कांग्रेस नेता सिंहले चुनाव सार्न नहुनेमा जोड दिएका छन् ।

मंगलबार गैरआवासीय नेपाली संघ (एनआरएनए)हरुका लागि आफ्नौ निवासमा आयोजित चियापान समारोहमा बोल्दै नेता सिंहले मंसिर १० र २१ गते हुने संघीय संसद र प्रदेशसभाको चुनाव हेरफेर गर्नै नमिल्ने बताए ।

पछिल्ला दिन प्रधानमन्त्री शेरबहादुर देउवाकै प्रस्तावमा चुनाव सार्ने प्रस्ताव अघि सारिएका खबर बाहिर आइरहेका छन् । कार्यक्रममा उनले एनआरएनएले नेपालमा प्रजातन्त्र बलियो बनाउन महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा जोड दिए ।

Loading...
Related Posts
Don't miss it
Editors choice