• बुधबार ३१, असोज २०७५

हेर्नुहोस् झापाका ५ वटै क्षेत्रमा एमालेबाट को-को लड्दै छन् ? क्षेत्र नम्बर ५ बाट केपी ओली सिफारिस

झापा । आगामी मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमाले झापाले सर्वसम्मत उम्मेदवार सिफारिस गरेको छ ।

एमालेले ५ वटै निर्वाचन क्षेत्रका लागि सर्वसम्मत रुपमा उम्मेदवार सिफारिस गरेको एमाले झापाका सचिव मदन अधिकारीले जानकारी दिए । जसअनुसार एमाले अध्यक्ष केपी शर्मा ओली निर्वाचन क्षेत्र नम्बर ५ बाट सर्वसम्मत उम्मेदवार सिफारिस भएका छन् ।

प्रदेशसभाका लागि भने उम्मेदवारहरु सिफारिसको प्रक्रियामा रहेको एमाले झापाले जनाएको छ ।

कुन निर्वाचन क्षेत्र को भए सिफारिस ?

गोपालचन्द्र बुढाथोकी: क्षेत्र नम्बर १
पवित्रा निरौला खरेल: क्षेत्र नम्बर २
पुष्पराज पोखरेल: क्षेत्र नम्बर ३
लालप्रसाद एलपी साँवा: क्षेत्र नम्बर ४
केन्द्रीय अध्यक्ष केपी शर्मा ओली: क्षेत्र नम्बर ५

Loading...
Related Posts
Don't miss it
Editors choice