• शनिबार २९, मङि्सर २०७५

गगन थापासँग भिड्ने उम्मेदवार एमालेले टुंगो लगायो, हेर्नुस …..

काठमाडौं – नेकपा एमालेले आउँदो मंसिरमा हुने प्रतिनिधिसभा चुनावका लागि काठमाडौं क्षेत्र नम्बर ४ मा उम्मेदवार सिफारिस गरेको छ । एमालेले प्रतिनिधिसभा चुनावमा प्रत्यक्षतर्फ काठमाडौं क्षेत्र नम्बर ४ मा युवा नेता राजन भट्टराईलाई उम्मेदवार बनाउने भएको हो ।

एमालेको प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्रीय समन्वय समिति काठमाडौं क्षेत्र नम्बर ४ को बैठकले भट्टराईको नाम सिफारिस गरेको हो । समानुपातिक तर्फका उम्मेदवार र प्रदेशसभाका उम्मेदवारको नाम भने टुंगो लगाउन बाँकी छ ।

काठमाडौं क्षेत्र नम्बर ४ बाट यसअघिको संविधानसभा चुनावमा कांग्रेस नेता गगन थापा विजयी हुनुभएको थियो । अहिले पनि थापा यहि क्षेत्रबाट चुनाव लड्ने सम्भावना छ ।

एमालेको तर्फबाट टिकट पाउने पक्का भएका नेता भट्टराई परराष्ट्र मामिला जानकार हुनुहुन्छ । उहाँ माधव नेपाल प्रधानमन्त्री रहेका बेला प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार रहिसक्नुभएको छ ।

Loading...
Related Posts
Don't miss it
Editors choice