• बुधबार ३१, असोज २०७५

दुई नम्बर प्रदेशमा यसकारण पराजित भयो एमाले..

काठमाडौँ: ७ वटा प्रदेशमध्ये ५ वटामा पहिलो पार्टी भएको एमाले २ नम्बर क्षेत्रमा दोस्रो पनि नहुने संकेत देखिएको छ । टिकट बितरणमा लोकप्रियतालाई भन्दा गुटलाई आधार मान्दा एमालेले २ नम्बर प्रदेशका धेरै स्थानीय तहमा पराजयको सामना गर्नुपरेको छ ।

२ नम्बर प्रदेश इन्चार्ज सत्यनारायण मण्डलले स्थानीय तहमा लोकप्रिय ब्यक्तिलाई भन्दा गुटगत र आर्थिक चलखेलका आधारमा टिकट दिंदा धेरै जित्ने निश्चित भएका ठाउँमा पनि एमाले पराजित हुन पुगेको छ ।टिकट बितरणमा भएको मनपरीकै कारण रौतहटको चन्द्रपृुर नगरपापालिका, सर्लाहीको बरहथवा, बागमती नगरपालिका समेत गुमाउने निश्चित भएको छ । पर्साको ठोरी समेत टिकट बितरणमा भएको पक्षपातका कारण गुमाउन पुगेको छ । ठोरीमा माओवादी केन्द्रले जितिसकेको छ । चन्द्रपुरमा बाबुराम दाहाललाई दिइसकेको टिकट खोसेर उद्धव रेग्मीलाई दिएका कारण अपमान गरिएको छ ।

बाबुराम दाहाललाई बाजागाजासहित शुभसाइतको दही खुवाएर लिएर उम्मेदवारी दिन जाँदा रेग्मीले सत्यनारायण मण्डलको सही गराई उम्मेदवारी दिइसकेका थिए । प्रदेशका सहइन्चार्ज नागेन्द्र चौधरी र जिल्ला अध्यक्ष कमलदेव यादवलाई जानकारी नै छैन ।

सरसल्लाह नै नगरी अपमानपूर्वक दाहाललाई मनोनयन गर्न नदिएर चन्द्रपुर गुम्न पुगेको छ । बरहथवामा माधव काफ्ले जस्ता लोकप्रिय ब्यक्तित्वलाई नदिएर कल्पना कटवाललाई दिइयो, जसका कारण पराजित हुन पुग्यो । यदि काफ्लेलाई दिएको भए जित्ने थियो ।

बाबुराम दाहाललाई बाजागाजासहित शुभसाइतको दही खुवाएर लिएर उम्मेदवारी दिन जाँदा रेग्मीले सत्यनारायण मण्डलको सही गराई उम्मेदवारी दिइसकेका थिए । प्रदेशका सहइन्चार्ज नागेन्द्र चौधरी र जिल्ला अध्यक्ष कमलदेव यादवलाई जानकारी नै छैन । सरसल्लाह नै नगरी अपमानपूर्वक दाहाललाई मनोनयन गर्न नदिएर चन्द्रपुर गुम्न पुगेको छ ।

इश्वरपुरमा मनोज देवकोटाजत्तिकै लोकप्रिय थिए काफ्ले । उनी बरहथवा नगरपालिकाको मेयरका लागि तयारी गरी रातदिन लागेका थिए । कल्पना कटवाल केन्द्रमा नेताहरुको चाकरी गरी टिकट लिनाले गर्दा पनि बरहथवा पराजित हुन पुगेको छ । स्थानीय तहमा जो लोकप्रिय छ, त्यसलाई नदिई केन्द्रबाट नेताले तोक्दा बरहथवा गुमेको एमालेकै कार्यकर्ताहरु बताउँछन् । हरिवन जस्तो एमालेको किल्लामा डिल्ली उप्रेतीलाई नदिएर गणेश उप्रेतीलाई दिएका कारण माओवादीले पसिना छुटाइदिएको छ ।

बागमती नगरपालिकामा बसन्त भट्टराई स्थानीय जनसमुदायमा लोकप्रिय ब्यक्तिलाई टिकट नदिई विष्णु पुलामी मगरलाई गुटका आधारमा दिएका कारण त्यहाँ पनि माओवादीले जितेको छ । सर्लाही एमाले अध्यक्ष रेवती पन्तले पुलामीलाई टिकट दिएपछि बागमती गुम्न पुगेको छ । बर्दिबासमा पैसाको बलमा सुरेश राउतलाई दिनाले त्यहाँ पनि गुम्यो ।भानुभक्त पोखरेललाई दिएको भए जित्ने थिए । उनी लोकप्रिय थिए । पोखरेल माधव पक्षका भएका कारण टिकट दिइएन । अरबपति राउतलाई दिएका कारण तेस्रो हुनपुगेको छ । नेतालाई पैसा बुझाएर उनले टिकट पाएको गुनासो कार्यकर्ताको छ । महोत्तरीकै रामगोपालपुरमा पनि अलोकप्रिय ब्यक्तिलाई दिएकाले पराजित हुन पुगेको छ ।

उम्मेदवारी चयनमा धेरै ठाउँमा संस्थापन पक्षले एकलौटी गर्दा परिणाम सन्तोषजनक नआएको माधव नेपाल पक्षको निष्कर्ष छ । एमालेले आज बोलाएको स्थायी समिति बैठकमा नेता नेपाल पक्षले उक्त कुरा उठाएका छन् ।

दृष्टि न्यूजबाट

Loading...
Related Posts
Don't miss it
Editors choice