• बिहीबार ०४, असोज २०७५

मध्यरातमा ‘सप्तकोशी’बाट उदायो सूर्य, मेयर र उममेयर दुबै जित्यो

काठमाडौं । मध्यरातमा आएको निर्वाचन मत परिणामसँगै नेकपा एमालेले स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा स्थानीय तहको प्रमुखमा खाता खोलेको छ । सप्तरी जिल्लाको सप्तकोशी नगरपालिकामा एमालेका उम्मेदवार उतम कुमार शर्मा विजयी भएका हुन् । उनले आफ्ना निकटम प्रतिस्पर्धी माओवादीका ध्रुव कार्कीलाई हराएका हुन् । एमालेका शर्माको ४३ सय ६१ मत आउँदा माओवादीका कार्कीको ३६ सय ९० मत आएको निर्वाचन अधिकारी राजेन्द्र कुमार लम्सालले जानकारी दिए ।

उनका अनुसार उपप्रमुखमा पनि एमालेकै उम्मेदवार विजयी भएका छन् । उपप्रमुखमा एमालेकी आशा चौधरी ४४ सय ६२ मत सहित विजयी भएकी हुन् । उनकी निकटतम प्रतिस्पर्धी राज कुमारी चौधरी ३८ सय ८६ मतका साथ दोस्रो भएकी छिन् । योसँगै अग्रता हाँसिल गरेको संख्यामा कम भएपनि एमालेले नगरपालिकाबाटै आफ्नो विजय सुरुवात गरेको हो ।

Loading...
Related Posts
Don't miss it
Editors choice