• शनिबार २९, मङि्सर २०७५

एमाले स्थायी समितिले टुंगो लगायो पर्वत र मुस्ताङ्ग जिससका प्रमुख र उपप्रमुख, पर्वतमा बिश्वकर्मा र मुस्ताङमा गुरुङ

काठमाडौ । एमालेले दुई जिल्ला समन्वय समितिका लागि प्रमुख तथा उपप्रमुखको टुंगो लगाएको छ ।  कार्यबाहक अध्यक्ष बमदेव गौतमको अध्यक्षतामा बिहीबार बिहान बसेको एमाले स्थायी कमिटीको बैठकले सो निर्णय गरेको हो । बैठकले पर्वत र मुस्ताङको जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुखको नाम टुंग्याएको छ ।

बैठकले जिल्ला समन्वय समितिको निर्वाचनअन्तर्गत पर्वत जिल्लामा मनोहर पौडेल विश्वकर्मालाई प्रमुख तथा यमकुमारी रानालाई उपप्रमुख एवं मुस्ताङ जिल्लामा छिरिङ ल्हामु गुरुङलाई प्रमुख र रिञ्जिन नाम्गेल गुरुङलाई उपप्रमुखको उम्मेदवार बनाउने टुंगो गरेको छ । बैठकले समयमै तीनै तहको निर्वाचन नहुने हो कि भन्ने आशंका जनाएको छ ।

बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘बैठकले सरकारले निकै ढिलो गरेर निर्वाचन क्षेत्र निर्धारण आयोग गठन गरेकोले त्यससम्बन्धी काम निर्धा्रित समयमा सम्पन्न हुन नसकेर २०७४ माघ ७ भित्रै तीनै तहको निर्वाचन सम्पन्न गर्नुपर्ने संविधानले तोकेको दायित्व पुरा नहुने हो कि भन्ने आशंका पैदा भएको छ । बैठकले निर्वाचन क्षेत्र निर्धारण गर्दा अनुचित राजनीतिक हस्तक्षेप, स्वार्थ र दबाबबाट मुक्त रहन र समयमै काम सम्पन्न गर्न निर्वाचन क्षेत्र निर्धारण आयोगलाई ध्यानाकर्षण गर्ने निर्णय गरेको छ ।’

Loading...
Related Posts
Don't miss it
Editors choice