• बुधबार ०४, पुष २०७५

धनकुटाको छथर जोरपाटी गाउंपालिका अध्यक्षमा एमालेका शेरबहादुर लिम्बु ३,३४९ मत सहित विजयी

धनकुटा जिल्लाको छथर जोरपाटी गाउंपालिका अध्यक्षमा नेकपा एमालेका एमालेका शेरबहादुर लिम्बुले ३३४९ मत हासिल गर्दै विजयी भएका छन् । वहॉंका निकट्तम प्रतिद्वन्दी माओवादी केन्द्रका विष्णु पारघरीले १५३१ मत प्राप्त गरेका छन् ।

त्यसैगरि उपाध्यक्षमा नेकपा एमालेका भीमकला श्रेष्ठले ३२८९ मत प्राप्त गर्दै विजयी भएका छन् भने वहॉंका निकट्तम प्रतिद्वन्दी माओवादी केन्द्रका गीता लिम्बु खेवाले २०७३ मत प्राप्त गरेका छन् ।

गाउंपालिका वडा अध्यक्षहरुमा विजयीहरुको नाम र पार्टी यस्तो छ :

वडा नं १ – पुखमान अालेमगर(एमाले प्यानल)
वडा नं २ – कृष्ण मगर(अध्यक्ष माओवादी केन्द्र र सदस्य एमाले प्यानल)
वडा नं ३ – ज्ञानबहादुर लिम्बू( एमाले प्यानल)
वडा नं ४ – टेकबहादुर घिसिङ( एमाले प्यानल)
वडा नं ५ – सुरेन्द्रकुमार लिम्बू ( एमाले प्यानल)
वडा नं ६ – दिलबहादुर थापा (एमाले प्यानल)

Loading...
Related Posts
Don't miss it
Editors choice