• आइतबार ०१, पुष २०७५

कागबेनी-मुक्तिनाथ कालोपत्रे तयारी सुरु

सुन्दर कुमार थकाली, मुस्ताङ । हिन्दु तथा बुद्धिष्ट धर्मावलम्बीहरुको आस्थाको धरोहर एवंम् पर्यटकिय गन्तब्य मानिने मुस्ताङको मुक्तिनाथ रानिपौवा जोड्ने कागबेनी—मूक्तिनाथ करिव १२ कि.मि. शडकको कालोपत्रे बिच्छ्याउने निमार्णकार्य सोमवार देखि सुरु हुँदैछ ।एपेक्स जे.भि र एपेक्स अमित जे.भि. कन्ट्रक्सन निर्माण व्यवसायीको अनुरोधमा निमार्ण अवधिभर कालोपत्रे हुँने स्थानमा सवारी आवगमनमा पूर्ण प्रतिबन्ध लगाउँने लिखित सहमति भएको छ ।

प्रजिअ रामचन्द्र तिवारीको रोहवरमा जिल्ला प्रशासन कार्यालय हातामा बिहिवार भएको सर्वदलिय सर्वपक्षिय छलफलले यात्रु हितका लागि बैकल्पिक मार्ग अख्तियार गर्ने बिषयमा गौण छलफल गरेको छ ।

कन्ट्रक्शन जे.भि.का प्राविधिज्ञ टोली ,जिल्ला ईन्जिनियरको टोली,यातायात व्यवसायी ,नवनिर्वाचित जनप्रतिनिधि ,नागरिक समाज,सुरक्षाकर्मी र पत्रकार बीच भएको भेलाले कालोपत्रे गर्ने प्रक्रिया र अवधि तथा शडक सुचारुको बैकल्पिक शडकका बिषयमा बिभिन्न उपायको खोजी गरिएको हो।भेलाले कालोपत्रे निर्माणमा प्रतिकुल हुँने भएकाले निमार्ण अवधिभर सवारी आवागमनमा रोक लगाउँने सहमति गरिएको हो ।

धार्मिक तथा पर्यटकिय जिल्ला भएकोले संम्भावित यात्रुहितलाई मध्यनजर गर्दे दोश्रो बैकल्पिक मार्ग झोङ पुटाक जिर्ण शडकको सामान्य स्तरउन्नती गर्दे यातायात सेवालाई निरन्तरता दिने सहमति बनेको जिल्ला ईन्जिनियर रविन्द्र तिवारीले जानकारी दिए । स्तरउन्नतीका लागि एपेक्स कन्ट्रक्शनलेनै जिम्मा लिने सहमति भएको तिवारीको भनाई छ ।

निर्माण कन्ट्रक्सनका प्राविधिज्ञ अनिल कुमार चौधरीका अनुसार शुक्रवार देखि आईतवार ३ दिन भित्र बैकल्पिक झोङ शडकको स्तरउन्नती गरेर यातायात सुचारु गर्ने भएको हो ।उनले दोश्रो झोङ रुट संञ्चालन भएपछि मात्रै कालोपत्रे निर्माणको काम थालिने जानकारी दिए ।‘हामी अहोरात्र कालोपत्रे निर्माणमा खटिने छौ ।हामी संग प्राविधिक निर्माण सामाग्री र पर्याप्त जनशक्ति छ ’चौधरीले भने‘हामीलाई ४५ दिनको समय दिईएको छ।दैनिक १२ देखि १४ घण्टा समय खर्चिएर भएपनि तोकिएकै समयमा कालोपत्रे शडक हस्तान्तर गर्ने तैयारीमा छौं।’

सो शडकका अर्का प्राविधिज्ञ अनिल ढुङ्गानाले कुनै प्राविधिक समस्या नआए तोकिएको समयमा कालोपत्रे संम्पन्न हुने दोहा¥याए ।उनले कालोपत्रे तैयारीका लागि टिपर ५ वटा,भ्याकु लोडर २ वटा,ट्रयाक्टर ५ वटा,पानी ट्याङ्कर २ वटा,ग्रेडर १ वटा र रोलर २ वटा मौजुद रहेको जानकारी दिए ।

‘हामी संग १५० जनशक्ति छ,बेस मेईल ८ हजार घनमिटर,डिजेल ४० हजार लिटर र मट्टितेल २५ हजार लिटर स्टक छ’उनले भने‘कालोपत्रे तैयारीका लागि सवबेश पूरा भएको,बेशकोर्ष गर्न बाँकी रहेको ,प्राईलम कोर्ड,ब्याक कोर्ड प्रिमिक्स कार्पेट र असफाल्ट कंक्रिट आदीकार्य हुनेछ ।’
जिल्ला ईन्जिनियर रविन्द्र तिवारीले वर्षातको समय कालोपत्रे मौसम अनुकुल नभएपनि मुस्ताङमा मौसमको तापक्रम र पानी नपर्ने भएकाले कालोपत्रे गर्न असहज नहुने बताए ।

उनले कालोपत्रेका लागि कंक्रिट र अलकत्रका समिश्रणका लागि कम्तिमा १६ डिग्री तापक्रम आवश्यक पर्ने र कालापत्रे बिच्छ्याईसकेको अवस्थामा १६५ डिग्री तापक्रम जरुरत पर्ने उल्लेख गरे । तिवारीले असार १२ देखि श्रावण २७ सम्म कालोपत्रे सक्ने अवधि तोकिएको बताए । उनका अनुसार कागबेनी मूक्तिनाथ कालोपत्रे शडकको साईज ३.७५ मिटर,दुईतर्फी पेटीको साईज ०.७५ मिटर र शडक नालीको साईज १ मिटरको रहने छ ।

ग्रामिण पूननिर्माण तथा पूनस्थापना आयोजना डोलिडारको आयोजनामा शडकको निमार्णकार्य २ वर्षअघि सुरु गरिएको हो ।डोलिडारले उक्त १२ कि.मी. शडक कालोपत्रेका लागि दुईखण्ड गरि करिव २० करोड लगानी गरेको छ ।प्राविधिक कार्यालयका अनुसार आगामी बडादशै अगावै संम्पूर्ण निमार्णकार्य सकिने जनाएको छ ।

Loading...
Related Posts
Don't miss it
Editors choice