• बिहीबार २९, कार्तिक २०७५

नवलपरासीका ७० मतदानस्थल अति संवेदनशील

नवलपरासीमा दोस्रो चरणमा निर्वाचन हुन बाँकी सातवटा स्थानीय तहमा कुल ७० वटा मतदानस्थललाई अति संवेदनशील मतदानस्थलमको रुपमा लिइएको छन्। ती मतदानस्थलमा निर्वाचनको क्रममा हुन सक्ने संवेदनशीलतालाई महसुस गरी सुरक्षा प्रबन्ध मिलाउने योजना रहेको प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरले जानकारी दिए।

कुल १२० वटा मतदानस्थलमध्ये २७ वटालाई संवेदनशील र २३ वटालाई सामान्य मतदानस्थल निर्धारण गरी सुरक्षा रणनीति अघि सारिएको हो।

सातवटा स्थानीय तहमा रहेका १२० मतदानस्थल र २४० वटा मतदान केन्द्रमा आवश्यकताअनुसार सुरक्षा प्रबन्ध मिलाइने जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

निर्वाचन हुन बाँकी सातवटा स्थानीय तहमा करिब तीन हजार ५०० सुरक्षाकर्मी परिचालन गर्ने तयारी छ। निर्वाचनका लागि आवश्यकताअनुसार नेपाली सेना ५००, सशस्त्र प्रहरी ५२०, नेपाल प्रहरी एक हजार १७६ र म्यादी प्रहरी एक हजार खटाउने तयारी छ।

Loading...
Related Posts
Don't miss it
Editors choice