• बिहीबार २९, कार्तिक २०७५

कुस्माका शिक्षक नारायण पौडेलको अवस्था अझै अज्ञात, परिवार विलखबन्दमा : प्रहरी भन्छ खोजी भईरहेछ

पर्वत । कुस्मा नगरपालिका १ पाङ घर भई कटुवा चौपारी स्थित आईबल एकेडेमी बोडिङ स्कुलमा पढाउँदै आएका शिक्षक नारायण पौडेलको अवस्था अझै अज्ञात रहेको छ । विगत ९ दिनदेखि वेपत्ता भएका पौडेलको अवस्था जानकारी नहुँदा परिवार विलखबन्दमा परेको छ ।

कुस्मा ५ मेलमिलाप चोक डेरा गरि बस्ने शिक्षक नारायण पौडेल जेठ २५ गतेदेखि वेपत्ता भएको प्रहरीले जनाएको छ । बुधबार आँफूले अध्यापन गरिरहेको आईबल एकेडेमीका २ विद्यार्थीलाई सजायँ दिए पछि अभिभावकहरुले कारवाहीको माग गरेपछि उनी सम्पर्क बीहिन बनेका हुन् ।

२० वर्षिय नारायण पौडेलका बाबु पदमपाणी पौडेलले आफ्नो छोराको खोजीका लागि प्रहरी, विभिन्न संघ संस्था, पत्रकार तथा मानव अधिकारवादीहरुलाई आग्रह गरेकाछन् । पौडेलले छोरासँग जेठ २४ गते बुधबारसम्म सम्पर्क भएको र त्यसपछि कुनै सम्पर्क नभएको बताएका छन् ।

परिवारले आफ्ना आफन्त तथा उनी जानसक्ने सम्भावित ठाउँहरुमा सम्पर्क गर्दा समेत उनको कुनै पत्तो नभएको बताएको छ । ३ छोरा मध्ये नारायण माईला सन्तान हुन् ।

विद्यालयमा विद्यार्थीलाई सजायँ दिएको विषयमा विद्यालयले समन्वय गरेको र अभिभावकसँग समेत माफी मगाएर छाडेको बताए पनि उनी एकाएक सम्पर्क विहिन बनेपछि घटना झनै शंकास्पद बनेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरिक्षक लिलाराज लामिछानेका अनुसार उनको खोजी भईरहेको बताए । प्रहरीका अनुसार शिक्षक पौडेल बस्ने कुस्मा ५ स्थित कोठामा खाना बनाउँदै गरेको अवस्थामा त्यसै छाडिएको, लुगा धुन भिजाएको अवस्थामा भेटिएको जनाएको छ ।

गत बिहिबारसम्म परिवारसँग फोन सम्पर्क भएको कल डिटेल भएपनि त्यसपछि उनी सम्पर्क बाहिर रहेको र खोजि कार्य भईरहेको प्रहरी निरिक्षक लामिछानेले जानकारी दिए ।

यो पनि हेर्नुहोस् पर्वत कुस्माका एक शिक्षक ८ दिनदेखि वेपत्ता, खोजी गरिदिन परिवारको आग्रह 

Loading...
Related Posts
Don't miss it
Editors choice