• बुधबार ०३, असोज २०७५

दाङबाट दुई अपहरित

दाङबाट सल्यान जाँदै गरेका दुई व्यक्ति शुक्रबार राति अपहरणमा परेका छन् । तुलसीपुरस्थित बुटवल वस्त्रालयका सञ्चालक राजकुमार श्रेष्ठ र घोराहीका रणबहादुर घर्ती शुक्रबार राति सल्यानबाट हतियारधारी समूहको अपहरणमा परेको प्रहरीले जनाएको छ ।

केही समयपछि घर फर्कन्छु भनेर तुलसीपुरबाट निस्किएका श्रेष्ठ रातभर सम्पर्कमा नआएको र उनी सवार बा १२ च १०७१ नम्बरको गाडी सल्यानको रिमस्थित शितल बजारमा फेला परेको जिल्ला प्रहरी प्रमुख एसपी धिरजप्रताप सिंहले बताए ।

उनका अनुसार घर्ती भारतीय नम्बर प्लेटको गाडीमा केही अघि थिए भने श्रेष्ठ छुट्टै गाडीमा केही पछाडि थिए । हतियारधारी समूहले गाडी रोकेर दुवै जनालाई अपहरण गरेको अनुमान छ ।

एसपी सिंह अनुसन्धानका लागि सल्यानको कपुरकोट पुगेका छन् । घटनाबारे अनुसन्धान थाली अपहरितको खोजी गरिरहेको उनले जानकारी दिए । अपहरणकारीले श्रेष्ठलाई नै केन्द्रबिन्दु बनाइ सडकमा ढुंगा फालेर गाडी रोकेको प्रहरीले जनाएको छ ।

ढुंगा प्रहारबाट सुरुमा अगाडि रहेको भारतीय नम्बरको गाडी रोकिएको र त्यसमा सवार घर्तीले अपहरणकारीलाई चिन्छु भनेपछि पछाडिको गाडीमा रहेका श्रेष्ठसँगै उनलाई पनि अपहरण गरेको बुझिएको छ ।

Loading...
Related Posts
Don't miss it
Editors choice