• शनिबार ०२, भदौ २०७५

लागुऔषधसहित ३ जना पक्राउ

प्रहरीको गस्ती टोलीले सोमबार बिहान सिराहाको भगवानपुर गाउँपालिका-४ स्थित दुर्गा मन्दिर नजिकबाट लागुऔषधसहित तीनजनालाई पक्राउ गरेको छ ।

प्रहरी चौकी ठाडीबाट खटिएको टोलीले लागुऔषधसहित लहान नगरपालिका-५ निवासी २२ वर्षीय सनाहुल हक, २४ वर्षीय मोहमद अस्लम र ११ वर्षीय अबराल सेखलाई पक्राउ गरेको हो ।

पक्राउ परेकाहरुको साथबाट लागुऔषध डाइजेपाम २० एम्पुल, लुपिजेसिक १० एम्पुल र फेनारान २९ एम्पुल बरामद भएको जिल्ला प्रहरी कार्यालय, सिरहाले जनाएको छ ।

बेवारिसे अवस्थामा ४४० थान मोबाइल सेट बरामद

यसैबीच, प्रहरीको टोलीले गएराति सिरहाको बरियारपट्टि गाउँपालिका-३ बाट बेवारिसे अवस्थामा ठूलो परिमाणमा मोबाइल सेट बरामद गरेको छ ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले गोप्य सूचनाका आधारमा खटिएको बरियारपट्टि गाउँपालिका–३ बाट रु सात लाख चार हजार मूल्यबराबरको जेन कम्पनीको पी ६१ मोडलको ४४० थान मोबाइल सेट बरामद भएको जिल्ला प्रहरी कार्यालय, सिरहाले जनाएको छ ।

बरामद भएको मोबाइल सेट आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान विभाग पूर्वाञ्चल एकाइ कार्यालय इटहरी सुनसरी पठाएको जनाएको छ ।

Loading...
Related Posts
Don't miss it
Editors choice