• आइतबार ०१, पुष २०७५

प्रधानमन्त्रीको राजीनामाले परिस्थिति झन् अन्योलपूर्ण: एमाले

काठमाडौ । एमालेले स्थानीय तहको घोषित निर्वाचन समयमै सम्पन्न गर्नुपर्ने जिम्मेवारी रहेको सरकारका प्रधानमन्त्रीले राजीनामा दिएर परिस्थितिलाई झन् अन्योलपूर्ण बनाएको ठहर गरेको छ ।

अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बसेको बैठकले राजनीतिक सहमतिको वातावरण निर्माण गर्नुको साटो प्रधानमन्त्रीको राजीनामा आएको भन्दै चिन्ता व्यक्त गरेको हो ।

स्थानीय तहको संख्या र सीमा हेरफेर गर्ने सरकारको निर्णयले जेठ ३१ गते हुन गइरहेको स्थानीय तहको दोस्रो चरणको निर्वाचनलाई अन्योलपूर्ण बनाइरहेको उल्लेख गर्दै एमालेले तत्कालै संसदमा सरकारको नीति तथा कार्यक्रम र बार्षिक आय–व्यय (बजेट) पेस गर्नुपर्नेलगायतका काम बाँकी रहेको बैठकपछि जारी विज्ञप्तीमा उल्लेख छ ।

एमालेले संविधान संशोधन प्रस्ताव, प्रधानन्यायाधीशमाथिको महाअभियोग प्रस्ताव, स्थानीय तहको पहिलो चरणको निर्वाचनमा सरकारी तवरबाट भएका ज्यादतीहरुको संसदीय छानबिनको माग गर्न पुन: माग गरेको छ ।

स्थानीय तहको पूर्वनिर्धारित संख्या र सीमाभित्र रहेर आगामी जेठ ३१ गते स्थानीय तहको दोस्रो चरणको निर्वाचन गर्न एमालेले माग गरेको छ ।

Loading...
Related Posts
Don't miss it
Editors choice