• शनिबार १२, जेठ २०७५

फेरी चुके काँग्रेस-माओवादी, प्रधानन्यायाधीशविरुद्धको महाअभियोग प्रस्ताव फिर्ता लिन कांग्रेस-माओवादी तयार

काठमाडौं,  अन्ततः सत्तारुढ नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध व्यवस्थापिका संसदमा दर्ता भएको महाअभियोग प्रस्ताव फिर्ता लिने भएका छन् ।

माओवादी केन्द्रका एक वरिष्ठ नेताका अनुसार वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनभन्दा पहिले नै महाअभियोग प्रस्ताव फिर्ता लिने तयारी छ । प्रस्ताव जसले दर्ता गराएको हो तीनै नेताले फिर्ता लिने उनले बताए ।

यसअघि महाअभियोग प्रस्तावको चौतर्फी विरोध भएको थियो । यतिसम्मकी प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसद नै अवरुद्ध गरेको थियो भने एमाले अध्यक्ष ओलीले प्रधानमन्त्रीलाई भेटेर फिर्ता लिन दबाब दिएका थिए ।

माओवादी केन्द्रका ती नेताले महाअभियोग फिर्ता लिनेसमझदारीका आधारमा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीच देखिएको द्वन्द्व सहजीकरणको दिशामा गएको दाबी गरे ।

प्रहरी महानिरीक्षक नियुक्ति लगायत विषयमा न्यायालयले कार्यपालिकाको अधिकारमाथि हस्तक्षेप गरेको आरोप लगाउँदै कांग्रेस र माओवादी केन्द्रले वैशाख १७ गते व्यवस्थापिका संसदमा प्रधानन्यायाधीशविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेका थिए ।

Loading...
Related Posts
Don't miss it
Editors choice