• बुधबार ३१, असोज २०७५

पाङराङमा ३५ जना एमालेमा प्रवेश, कटुवाचौपारी र क्याङमा एमालेको चुनावी अभियान

पर्वत । नेकपा एमाले फलेवास नगर कमिटिले जिल्लाको पाङराङमा घरदैलो अभियान सम्पन्न गरेको छ । निर्वाचन लक्षित उक्त अभियान अन्तर्गत ३५ जना नेपाली कांग्रेस र माओवादी केन्द्रका कार्यकर्ता एमालेमा प्रवेश गरेका छन ।
वीर बहादुर नेपाली, यादव उप्रेती, विष्णुप्रसाद कडेल, लगाएतको नेतृत्व झण्डै ३५ जना एमालेमा प्रवेश गरेका थिए ।
आगामी स्थानीय तहको निर्वाचनमा एमालेको पक्षमा मत माग्न आयोजीत उक्त घरदैलो कार्यक्रम पछि आयोजीत सभामा नेकपा एमाले नेता मोती पौडेलले एमालेको पक्षमा देशभर जनलहर उर्लका कारण एमालेको सूर्य चिन्ह्मा मत दिन मतदातालाई आब्हान गरे । कार्यक्रममा एमाले पर्वतका सचिव तथा नगर प्रमुख पदका उमेदवार पदमपाणी शर्मा, उप प्रमुख पदका उमेदवार तथा एमाले सचिवालय सदस्य मञ्जु अधिकारीले मतदाता सामु प्रतिवद्धता मन्तब्य ब्यक्त गरेका थिए ।
कार्यक्रमको सञ्चालन फलेवास नगर संगठन कमिटि सचिव वैकुष्ठ भुषाल, सञ्चालन शिव पौडेल र स्वागत दिपक भटराईले गरेका थिए ।

यसैगरी, कुश्मा नगरपालिकाको कटुवाचौपारीमा एमालेको चुनावी कार्यक्रम सम्पन्न भएको छ । आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गरी नेकपा एमाले कुश्मा नगर संगठन कमिटिले उक्त चुनावी कार्यक्रमको आयोजना गरेको हो । चुनावी अभियानमा एमालेको तर्फबाट कुश्मा नगरपालिकाका प्रमुख मेघनाथ सुवेदी र उप प्रमुख मुगादेवी शर्मा लगाएतले चुनावी अभियानको क्रममा आफ्नो पक्षमा मतदान गर्न आब्हान गरेका थिए ।

एमालेको तर्फबाट नगरपालिकाको कटुवाचौपारी वडामा उमेदवार बनेका वडा अध्यक्ष प्रेम नारायण शर्मा अधिकारी सहितका वडा सदस्यहरुले समेत आफ्नो पक्षमा मत मागेका थिए । सदरमुकाम कुश्मा बजारसंगै रहेको कटुवाचौपारीमा पछिल्लो समय एमालेको पक्षमा जनलहर बढेर गएको छ ।

उता, मोदीगाउँपालिका स्थित क्याङमा पनि एमालेले चुनावी अभियान सञ्चालन गरेको छ । जनजातिको बाहुल्यता रहेको क्याङमा पछिल्लो समय माओवादीका गाउँ अध्यक्ष नै एमालेमा फर्केपछि उक्त वडामा एमालेको लहर बढेर गएको हो । अभियान अन्तर्गत विहिबार गाउँपालिकाका अध्यक्ष प्रेम पौडेल र उपाध्यक्ष सेती महत सहितको उमेदवारको टोलीले घरदैलो गर्नुका साथै मतदातासंग सातवटा मत मागेका थिए । उनीहरुसंगै वडाअध्यक्ष र सदस्यहरु पनि मतदाता सामु मत माग्दै घरदैलो गरेका थिए ।

Loading...
Related Posts
Don't miss it
Editors choice