• शनिबार ०२, भदौ २०७५

प्रचण्ड- ओली गोप्य भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीवीच सिंहदरबारमा भेटवार्ता भएको छ । पार्टी हेडक्वार्टर बैठकमा छोटो ब्रिफिङलगत्तै प्रचण्ड ओलीसँग भेट गर्न सिंहदरबार पुगेका हुन् ।    ओलीसँगको  भेटवार्ताको लागि प्रचण्ड हिँडेसँगै बैठक तीन बजेसम्मको लागि स्थगित भएको छ।
पार्टी बैठकमा महाभियोगबारे ब्रिफिङ गरेर ओलीसँग भेटवार्ताका  लागि प्रचण्ड सिंहदरबार पुगेको ऊर्जामन्त्री जनार्दन शर्माले जनाए।  अहिले सभामुखको कार्यकक्षमा भेटघाट   जारी रहेको बताइएको छ ।
आइतबार  कांग्रेस र माओवादी केनदले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरेसँगै राजनीति तरंगित बनिरहेको बेला एमालेले महाभियोग प्रस्तावको विरोध गरेको अवस्थामा ओली–प्रचण्डबीचको वार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

Loading...
Related Posts
Don't miss it
Editors choice