• बिहीबार २९, कार्तिक २०७५

दोस्रो चरणको निर्वाचन जेठ ३१ मा पहिलो चरणमा तीन वटा प्रदेशमा मात्रै निर्वाचन हुने

काठमाडौ । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको सरकार र मधेसी मोर्चाबीचको वार्ताले बैशाख ३१ गतेको लागि घोषित स्थानीय निर्वाचन दुई चरणमा गर्ने सहमति गरेको छ ।

पहिलो चरणमा बैशाख ३१ गते ३, ४ र ६ नम्बर प्रदेशमा निर्वाचन गर्ने सहमति भएको कांग्रेस नेता रामचन्द्र पौडेलले जानकारी दिए । उनका अनुसार सरकार र मोर्चाबीच जेठ ३१ गते दोस्रो चरणको निर्वाचन गर्ने सहमति भएको छ ।  दोस्रो चरणमा १, २, ५ र ७ नम्बर प्रदेशमा निर्वाचन हुँनेछ ।

स्थानीय तह थप गर्ने बिषय भने उपप्रधानमन्त्री कमल थापाको नेतृत्वमा बनेको स्थानीय तह पुर्नर्संरचना अध्ययन समितिको प्रतिवेदनको आधारमा टुंगो लगाइने सहमति भएको छ ।

गृहमन्त्री बिमलेन्द्र निधीले जेठ ३१ गते दोस्रो चरणको निर्वाचन गर्ने सहमति भएको भन्दै भोलि बस्ने मन्त्रिपरिषद्को बैठकले मोर्चासँगको सहमतिलाई अघि बढाउने प्रतिक्रिया दिए ।

‘भोलिको मन्त्रिपरिषद्को बैठकले संविधान संशोधन परिमार्जनसहित फास्ट ट्र्याकबाट पारित गर्ने बिषयमा निर्णय लिन्छ’, उनले भने,‘लगत्तै मोर्चा नेताहरुसँग बसेर सहमतिमा हस्ताक्षर गर्ने तयारी छ ।’

Loading...
Related Posts
Don't miss it
Editors choice