• शनिबार ०२, भदौ २०७५

गृहमन्त्रीले मध्यरात कटेपछि चुनाव हुन नसक्ने ट्वीट गरेपछि सामाजिक सञ्जालमा चर्को आलोचना

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधीले निर्वाचन आयोग र सुरक्षा प्रबन्धमात्रै स्थानीय चुनावका लागि पर्याप्त नहुने प्रष्ट पारेका छन् । निधीले सामाजिक सञ्जाल ट्वीटरमार्फत सुरक्षा प्रबन्धले मात्रै चुनाव हुन नसक्ने बताएका हुन् ।

चुनावका लागि सुरक्षा प्रवन्धमात्रै पर्याप्त हुँदैन भन्दै गृहमन्त्री निधीले यसका लागि राजनीतिक सहमति आवश्यक पर्ने ट्वीटरमार्फत बताएका छन् ।

मन्त्री निधीले लेखेको ट्वीटभन्दा पनि उनले ट्वीट गरेको समयलाई लिएर पत्रकार कनकमणि दीक्षित, भुषण दाहाल लगायतले ‘गम्भीर अर्थ’ लगाएका छन् । निधीले सोमबार बिहानै पौने तीन बजे चुनाव हुन नसक्ने आशयको ट्वीट गरेका हुन् ।

पत्रकार तथा नागरिक अगुवा कनकमणि लेख्छन्- गृहमन्त्रीको घोषणा निकै अर्थपूर्ण छ, जुन बिहान २ बजेर ४१ मिनेटमा पोष्ट गरिएको छ । अर्का पत्रकार भुषण दाहालले गृहमन्त्रीको वक्तव्यले सबै नेपालीलाई अत्यन्त नकारात्मक सन्देश प्रवाह भएको भन्दै चुनाव नहुने हो ? भन्ने प्रश्न गरेका छन् ।

Loading...
Related Posts
Don't miss it
Editors choice